३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

लस एन्जलसमा नेपाली पर्यटन प्रवर्द्धन

लस एन्जलसमा नेपाली पर्यटन प्रवर्द्धन
अ+ अ-

काठमाडौँ। संयुक्त राज्य अमेरिकाको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । लस एन्जलसमा यही फेब्रुअरी २२ र २३ मा सञ्चालित ‘एडभेन्चर ट्राभल शो’ नेपाल पर्यटन बोर्डको नेतृत्वमा चार कम्पनीले सहभागिता जनाएका हुन् ।

मेलामा नेपाल ट्रेक एडभेन्चर एण्ड एक्स्पीडिसन प्रालि, ओझा होलिडे टुर एण्ड ट्रेक्स प्रालि, फ्रेण्ड्स एडभेन्चर टिम प्रालि र नेपाल सेन्चुरी ट्रेक्स प्रालिले सहभागिता जनाएका हुन् । उक्त पर्यटन मेलामा नेपालले १५ वर्षपछि सहभागिता जनाएको हो ।

नेपालको मनमोहक परिदृश्य, समृद्ध संस्कृति र रोमाञ्चकारी साहसिक पर्यटनबारेमा मेलामा जानकारी गराइएको मेलामा सहभागी ट्रेक एडभेन्चर एण्ड एक्स्पीडिसन प्रालिका सञ्चालक एवम् ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)का पूर्वमहासचिव विनोद सापकोटाले जानकारी दिए ।

सन् २०२४ मा नेपाल घुम्न आएका जम्मा पर्यटकमध्ये १० प्रतिशत अर्थात् एक लाख १२ हजार पर्यटक अमेरिकाको रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल आउने पर्यटकमध्ये भारतपछि अमेरिका दोस्रो नम्बरमा पर्छ ।

मेलामा नेपाल पर्यटन बोर्डका सञ्चालक सदस्य राजेन्द्र लामा, बोर्डका निर्देशक हिक्मतसिंह ऐर, पर्यटन व्यवसायी रमेश ओझा, नवीन पोखरेल, कुन्दन मिश्रलगायतको सहभागिता रहेको छ । त्यसै गरी क्यालिफोर्नियाका लागि नेपालका अवैतनिक वाणिज्य दूत ऋषिप्रसाद ढकालको समेत उपस्थिति रहेको थियो ।

दुई दिनसम्म सञ्चालित उक्त मेलामा नेपालसहित ब्राजिल, जापान, इण्डोनेसिया, भियतनाम, ताइवान, कोरियालगायतका देशका करिब एक सय बढी स्टलहरू राखिएका थिए । रासस