४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वुमन्स च्याम्पियनसिपमा नेपाल र म्यानमारले बराबरी खेले



अ+ अ-

काठमाडौं। काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगशालामा आइतबार भएको समुह चरणको अन्तिम खेलमा म्यानमारसँग २–२ को बराबरी गर्दै नेपाल हारबाट जोगिएको हो। बराबरीसँगै नेपाल र म्यानमारले एक/एक अंक बाँडेका छन्।

खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै गोल गरिन् । २५ यार्डबाट उनले फ्रिकिकमा शानदार गोल गरेकी हुन् । नेपाली गोलकिपर अन्जना राना मगरले भलि आएको बललाई जज गर्नै सकिनन् ।

तर ११ औं मिनेटमा नेपालले खेललाई १-१ को बराबरीमा पुर्यायो। सावित्रा भण्डारी ‘साम्बा’ ले एकल प्रयासमा अगाडि बढाएर दिएको सटिक पासमा सविताले पेनाल्टी बक्सबाट गोल गरिन्।

यो सँगै नेपाललाई म्यानमारले २-१ ले पछि पार्यो। तर ४१ औं मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा साम्बाले डि बक्स भित्रबाट आकर्षक गोल गरिन्। म्यानमार र नेपाल दुवै फाइनलमा पुगिसकेका छन्।