१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्लाटन इब्राहिमोभिचको एसी मिलानसँग थप एक वर्षको अनुबन्ध



अ+ अ-

मिलान । ज्लाटन इब्राहिमोभिचले एसी मिलानसँग सोमबार थप एक वर्षको अनुबन्ध गरेका छन् । स्विडेनका ३८ वर्षीय फरवार्डले गत सिजन मिलान फर्केयता सबै प्रतियोगितामा गरेर ११ गोल गरेका थिए ।
सन् २०१० मा पहिलो पल्ट मिलान आएका ज्लाटनले त्यही सिजन 'सिरी ए' उपाधि जिते । नयाँ अनुबन्ध गरेयता उनी टिमको अभ्यासमा पनि सहभागी भइसकेका छन् ।

ज्लाटनले आफ्नो लाको खेल जीवनमा युभेन्ट्स, इन्टर मिलान, पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यानचेस्टर युनाइटेड र एलए ग्यालेक्सीका लागि पनि खेलेका छन् ।