९ श्रावण २०८३, शनिबार
,
Latest
‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ जारी



symbolic picture
अ+ अ-

काठमाडाैं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आजदेखि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ।

कुल २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयरमध्ये वैदेशिक रोजगारमा रहेका, सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि आज आइतबारदेखि खुलेको हो ।

कम्पनीको आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिमा मागअनुसार आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताहरूले सी–आस्वा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट वा मेरो सेयर पोर्टलमार्फत सहज रूपमा आवेदन दिन सक्नेछन्।