२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ जारी



symbolic picture
अ+ अ-

काठमाडाैं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आजदेखि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ।

कुल २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयरमध्ये वैदेशिक रोजगारमा रहेका, सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि आज आइतबारदेखि खुलेको हो ।

कम्पनीको आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिमा मागअनुसार आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताहरूले सी–आस्वा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट वा मेरो सेयर पोर्टलमार्फत सहज रूपमा आवेदन दिन सक्नेछन्।