३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पर्यटन प्रवर्द्धन गर्न उद्यमीका लागि अवसर सिर्जना गर्नुपर्नेमा जोड

पर्यटन प्रवर्द्धन गर्न उद्यमीका लागि अवसर सिर्जना गर्नुपर्नेमा जोड
अ+ अ-

जानकी। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र वैकल्पिक जीविकोपार्जनसँगै पर्यटन प्रवर्द्धन गर्न स्थानीय पर्यटन उद्यमीका लागि अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।

आज बाँके राष्ट्रिय निकुञ्जले आयोजना गरेको कार्यशाला गोष्ठीका सहभागीद्वारा स्थानीय पर्यटन उद्यमीका लागि अवसर सिर्जनासँगै आर्थिक अवस्था सुदृढ बनाउन सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिइएको हो ।

उक्त कार्यशाला गोष्ठीमा स्थानीय, प्रदेश र सङ्घीय जनप्रतिनिधिका साथै विभिन्न उद्योग सञ्चालन गरिरहेका युवा व्यवसायी, सम्बद्ध सरोकार भएका निकायहरूको सहभागिता थियो ।

लुम्बिनी पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बाँकेको पर्यटन प्रवर्द्धनका लागि यस क्षेत्रका धार्मिकस्थल र पर्यटकीय क्षेत्रको भ्रमण गर्ने सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ पर्यटनका माध्यमबाट विकास गर्न सकिने धेरै सम्भावनाहरू छन् । पर्यटकीय गतिविधि सञ्चालन गरी स्थानीय पर्यटन उद्यमीका लागि अवसर सिर्जना गर्ने उद्देश्यले प्रदेश परिषद् ‘टुर प्याकेज’ का कार्यक्रम बनाउने योजनामा छ ।”

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने उद्देश्यले परिषद्ले बनाउने योजनामा अन्तरप्रदेश समन्वय र सहकार्यलाई जोड दिइने कार्यकारी निर्देशक जोशीले उल्लेख गर्नुभयो । उहाँले पर्यटन व्यवसायका क्षेत्रमा कलम चलाउने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई राज्यले विशेष संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिनिधिसभाका सांसद सूर्य ढकालले बाँके पर्यटकीय रूपमा प्रशस्त सम्भावना बोकेको जिल्ला रहेको बताउँदै तीनै तहका सरकारले आपसी समन्वय गरी विशेष योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय सरकारद्वारा गरिने भूमिकामा आवश्यक सहजीकरण गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पर्यटन र संस्कृतिले सम्पन्न भएको मुलुक भएकाले यहाँ भएका धार्मिकस्थल, विभिन्न जातजातिका रीतिरिवाज, परम्परा, संस्कृति, खानपिनलगायको प्रवर्द्धन गरी स्थानीयलाई जीविकोपार्जनका नयाँ अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत वीरेन्द्र कँडेलले निकुञ्ज स्थापनाको उद्देश्यसँगै निकुञ्जले प्राप्त गरेका उपलब्धिका विषयमा जानकारी गराउनुभएको थियो । बाघ संरक्षणको उद्देश्य राखी विसं २०६७ मा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा हाल बाघको सङ्ख्या २३ रहेको उहाँले उल्लेख गर्नुभयो ।

बाघको सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती थपिएको बताउँदै कँडेलले बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको सङ्ख्या वृद्धि गर्नुपर्ने भन्दै सोका लागि घाँसेमैदानको क्षेत्रलाई बढाउँदै लगिएको जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जको ओभरी नजिकै क्षेत्रमा हात्ती सफारी, जङ्गल सफारी (ड्राइभ) र पैदल यात्राका लागि विभिन्न ‘प्याकेज’ निर्माण गरिएको छ । गिद्देनीचौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल ड्राइभको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

वातावरण तथा ग्रामिण विकास केन्द्र (इनरुडेक) र जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) को संयुक्त साझेदारीमा सम्पन्न भएको उक्त कार्यशालामा लुम्बिनी प्रदेशसभाका सांसद नमूना केसीले बाँके निकुञ्जसँगै जोडिएको गाभर क्षेत्रलाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । गाभरमा मात्रै वार्षिक २५ हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका बताउँदै उहाँले त्यस क्षेत्रमा आउने पर्यटकलाई निकुञ्जसम्म लैजाने गरी तयारी र योजना बनाउन आवश्यक रहेको बताए।

“गाभरमा थारू, मुगाली र हुम्ली संस्कृतिको सम्मिश्रण पाइन्छ । वरिपरि निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ”, उनले भने “बाँकेका प्रत्येक होटेलमा छिर्दा पाहुनाले निकुञ्जका तस्बिर देख्न पाउनुपर्छ । यो पनि पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने माध्यम हो ।”

कार्यशाला गोष्ठीमा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक हरि सुवेदीले पछिल्लो समय बाँके पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गए पनि पर्यटन उद्यमीका लागि व्यावसायिक योजना बन्न नसकेको बताउनुभयो । उहाँले यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरोकार भएका निकायबीच सहकार्य र समन्वय हुन आवश्यक रहेको बताउँदै यहाँको चुरे क्षेत्रलाई पनि विशेष संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्लाका पर्यटन उद्यमी लागि अवसर सिर्जना गर्दै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले आयोजित सो गोष्ठीले छबुँदे ‘कोहलपुर घोषणापत्र’ सार्वजनिक गरेको छ । रासस