३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपिए कैलाली प्रिमियर लिग–३ : पहिलो खेलमा भिमदत्त नगरपालिकाको टोली विजयी



अ+ अ-

धनगढी। धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमा भिमदत्त नगरपालिकाले परशुराम नगरपालिकालाई ४७ रनले पराजित गर्दै प्रतियोगीतामा सुखद सुरुआत गरेको छ ।

भिमदत्तले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा परशुरामले पूरा ओभर ब्याटिङ गर्दै आठ विकेट गुमाएर एक सय १५ रन मात्र बनाउन सक्यो । परशुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए । दिलबहादुर बोहराले ३४ रन बनाए । ओपनर ब्याटर अर्जुन विकले १६ रन बनाए । भिमदत्तका लागि सन्तोष भट्टले उत्कृष्ट बलिङ गरे । चार ओभर बलिङ गरेका सन्तोषले एक मेडन राख्दै ११ रन खर्चेर चार विकेट लिए । भट्ट ‘म्यान अफ दी म्याच’ भए । समिर बिस्ट र अरुण ऐरीले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भिमदत्त नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ६२ रन बनायो । भिमदत्तका लागि सन्तोष भट्टले सर्वाधिक ३२ रन बनाए । यस्तै, अन्तिममा ब्याटिङ गर्न आएका किरण चन्दले ११ बलमा ३१ रनको आक्रामक पारी खेले । नितेह बिस्टले २७, अभिषेक थापाले २० तथा अरुण ऐरीले १९ रन बनाए । भिमदत्तका प्रकाश पाण्डेय, साजन बिटालु र समिर बिष्ट रनआउट भए । परशुरामका लागि अर्जुन विकले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका अर्जुनले एक मेडन राख्दै २१ रन खर्चेर तीन विकेट चट्काए ।

त्यस्तै टेक थलालले दुई तथा कृष्ण बिष्टले एक विकेट लिए ।समूह ‘ए’ बाट गोदावरी नगरपालिकाको टोली र समूह ‘बी’ बाट पुनर्वास नगरपालिका ‘बी’ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् । प्रतियोगिताको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । प्रतियोगितामा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ ।

प्रतियोगिताका विजेता टोलीले नगद रु दुई लाख, उपविजेताले नगद रु एक लाख, सर्वोत्कृष्ट खेलाडीले नगद रु २५ हजार, बेष्ट बलर र ब्याटरले जनही रु १५÷१५ हजार, उदीयमान खेलाडीले रु १० हजार र प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ ले नगद रु दुई हजार ५०० प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट सङ्घ कैलालीले जनाएको छ । रासस