• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक सकियो



काठमाडौं । स्थानीय तहको चुनावबारे आज निर्वाचन आयोगले दलहरुसँग छलफल गरेको छ ।

आयोगको कार्यालय काठमाडौंको कान्तिपथमा भएको सर्वदलीय बैठकमा विभिन्न दलका प्रतिनिधि सहभागी थिए ।

बैठक केहीबेर अगाडि सक्किएको हो । आजको सर्वदलीय बैठकमा पालिका र राष्ट्रिय सभाको चुनाव तथा मतदाता नामावली अद्यावधिकबारे छलफल भएको छ ।  बैठकमा नेताहरूले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने सुझाव दिएका छन् ।

आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ । त्यस्तै पालिका निर्वाचन ऐन, २०७३ को व्यवस्थाअनुसार पालिकाका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा समाप्त हुँदैछ ।

संविधान अनुसार स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिए पनि पालिका निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ ।

कार्यकाल समाप्त भएपछि पालिका सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले प्रस्ताव गरेको छ ।