६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टर सिटीमाथि ब्रेन्टफोर्डको सानदार जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्रेन्टफोर्डले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा ब्रेन्टफोर्डले लेस्टर सिटीलाई उसकै घरेलु मैदानमा ४–० गोलले हराएको हो ।

ब्रेन्टफोर्डलाई फराकिलो जित दिलाउन योआने विसा, ब्रायन एम्बेउमो, क्रिस्टियन नोर्डगार्ड र फाबियो कार्भाल्होले गोल गरे ।

यो नतिजासँगै ब्रेन्टफोर्ड २६ खेलबाट ३७ अंकका साथ तालिकाको १० औं स्थानमा छ । पराजित लेस्टर १७ अंकका साथ १९ औं स्थानमा छ ।