२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज हमासले ६ जना र इजरायलले ६०२ लाई मुक्त गर्ने



अ+ अ-

एजेन्सी। हमासले शनिबार ६ जनालाई बन्धकमुक्त गर्दैछ।

यस सम्झौताअनुसार, इजरायलले ६०२ प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ। सूचना अनुसार, ६ जना बन्धकहरूको नाम हमासले शुक्रबार नै इजरायललाई पठाइसकेको छ।

मुक्त हुने बन्धकहरूमा ३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम(तोभ समावेश छन्।

अवेरा र हिशाम २०१४ देखि हमासको नियन्त्रणमा थिए। उनीहरू गजा क्षेत्रमा समुद्र तटबाट प्रवेश गर्दा हमासले तिनीहरूलाई बन्धक बनाएको थियो। भने, बाँकी चार जना २०२३ को अक्टोबर ७ मा भएको इजरायलमाथि हमासको आक्रमणको क्रममा बन्धक बनेका थिए। यी चारै जना एउटै परिवारका सदस्य छन् र सुपरनोभा फेस्टिवलबाट अपहरण गरिएको थियो।

यस सम्झौताअनुसार, हमासले ६ जना बन्धक छोडेको बदला इजरायलले ६०२ प्यालेस्टिनी कैदीलाई मुक्त गर्नेछ। यसअघि, हमासले २६ जना इजरायली बन्धक र इजरायलले १०९९ प्यालेस्टिनी कैदीलाई मुक्त गरेको थियो।