• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

सुबिसुको २१औ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम



काठमाडौ । नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभरि २१ वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

सामाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गरेको हो । रेडक्रस सगँको सहकार्यमा सञ्चालित यस कार्यक्रम देशका विभिन्न स्थानहरु बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, बीरगंज, लहान, कलैया, गरुडा , लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, बिराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट ,चपुर मा सफलता पुर्वक सम्पन्न गरेको छ ।

कार्यक्रम सफल गराउन सहयोग पुर्याउनु भएका सम्पूर्ण प्रति कम्पनी आभारी छ र आउने दिनहरुमा थप विविध यस्तै कार्यक्रमहरु गरि समाजिक उत्तरदायित्वलाई पूर्णरुप गराउन कम्पनी सदैब तत्पर  छ ।