२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.41

Wind: 2.06

Humidity: 94

तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाप्रति बालेनको कडा टिप्पणी: अल्छीहरूको देश हो, उनीहरु आफैँले बनाउन सक्दैनन् !



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गर्नुभएको छ ।

बिहिबार साँझ सामाजिक संञ्जाल फेसबुकमा अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन र मेन्सन गर्दे राख्नु भएको स्टाटसमा यस्तो टिप्पणी गर्नुभएको हो ।

मेयर साहले अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाउनु भएको छ । उहाँले ट्रम्पलाई सम्बोधन गर्दै लेख्नुभएको छ -‘धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो ।

मेयर साहले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिँदै नेपालका रत्न फिर्ता गरिनुपर्ने माग समेत गर्नुभएको छ ।

उहाँले लेख्नु भएको छ-

”हामी गरिब छौं किनभने हाम्रा मानिसहरू हाम्रो देश छोड्दैछन्।

तपाईं गरिब हुनुहुन्छ कि तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्; तपाईं अल्छी मानिसहरूलाई यसको लागि बाँकी संसार चाहिन्छ” उनले भनेका छन् ।

यस्तै,  ‘आफ्नो वासना (DV) दासत्व पनि बन्द गर्नुहोस्; हामी हाम्रा रत्नहरू फिर्ता पाउनेछौं’ भन्दै उनले अगाडि लेखेका छन, ”आफ्नो देशबाट बाँकी संसारलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई बढ्न दिनुहोस्।”