• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

एपीएफले शेर्पालाई हरायो



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत विभागीय टोली एपीएफले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपीएफले १(० गोल अन्तरले शेर्पालाई हराएको हो ।

एपीएफलाई जित दिलाउन आवाश लामिछानेले निर्णायक गोल गरे ।

आवाशले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् । 

जितसँगै एपीएफले ९ खेलमा १० अंक जोडेको छ भने शेर्पाले ९ खेलमा ११ अंक जोडेको छ । 

खेलको म्यान अफ दि म्याच एपीएफका नवीन लामा घोषित हुँदा इमर्जिङ प्लेयर एपीएफका स्कोरर आवाश चुनिए ।