२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान मेसिन’



अ+ अ-

भक्तपुर । स्थापना भएको १२० वर्षपछि भक्तपुर अस्पतालले पहिलोपटक ‘सिटी स्क्यान मेसिन’ सञ्चालनमा ल्याउने भएको छ । चन्द्रशमशेर राणाले स्थापना गरेको सो अस्पतालमा सञ्चालनका लागि बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको मेसिन अस्पतालमा आइपुगेको छ ।

मेसिन अस्पतालमा आएसँगै प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा र प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले उक्त मेसिन जडान कार्यको अवलोकन गर्नुभयो । मन्त्री थापाले अस्पताल आइसकेको सिटी स्क्यान मेसिन जडान कार्य चाँडोभन्दा चाँडोे सम्पन्न गरेर सेवा सञ्चालन गर्न आज अस्पताललाई निर्देशन दिनुभयो ।

उहाँले सेवा विस्तारका लागिसमेत आवश्यक सहजीकरण गरिदिने प्रतिबद्धता जनाउँदै कुनै पनि सेवामा सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टलाई निर्देशन दिनुभयो ।

मन्त्री थापा र प्रदेशसभा सदस्य श्रेष्ठले अस्पतालका विभिन्न शाखा एवं सेवाको अनुगमन गर्नुभयो । उहाँहरुले अस्पतालमा भर्ना भएका बिरामीसँग भेट गरी अस्पतालको सेवाका बारेमा जानकारी लिनुभयो । अस्पतालका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयले बोलपत्र आह्वान गरी रु आठ करोड बजेटमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरेको मन्त्री थापाले राससलाई जानकारी दिनुभयोे ।

उहाँले भन्नुभयो, “भक्तपुर अस्पतालमा स्वास्थ्य मन्त्रालयले पहिलो पटक सिटी स्क्यान मेसिन अस्पतालमा ल्याएको छ, यसै महिना यो सञ्चालनमा आउँछ, साथै यस अस्पतालका लागि रु एक करोड १० लाखको लागतमा मेमोग्राम मेसिन ल्याउन बोलपत्र आह्वान गरिसकेका छौँ, यो मेसिन जडान गरेपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं ‘स्क्रिनिङ’ गर्न सजिलो हुन्छ र बिरामीले अन्य अस्पतालमा धाउनु पर्दैन, दुवै मेसिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति पनि सरकारले व्यवस्थापन गर्छ ।”




भर्खरै