९ श्रावण २०८३, शनिबार
,
Latest
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम गाभीले नेपालसँग ३ लाख डलर फिर्ता नमाग्ने सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन ‘पेशागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो’: प्रहरी महानिरीक्षक कार्की नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट आयात हुने कृषि उपजमा कर लगाउनुपर्छ : प्रकाशशरण महत



काठमाडौँ , १० मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महत आइतबार काठमाडौँमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ समारोहमा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिर : हरिराम भेटुवाल/रासस
अ+ अ-

नुवाकोट। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशबाट आयात हुने कृषिजन्य उपजमा कर लगाउनुपर्ने बताएका छन्।

नेपाल किसान महासंघ नुवाकोटको आज (मंगलबार) विदुरमा आयोजित जिल्ला अधिवेशनमा प्रवक्ता महतले नेपालका किसानले उत्पादन गरेको कृषि उत्पादनलाई बजारमा सहज रूपमा पुर्‍याएर लागत अनुसारको आम्दानी लिन विदेशबाट भित्रने कृषि सामग्रीमा कर लगाउनुपर्ने बताएका हुन्।

‘विदेशबाट भित्रने कृषि सामग्रीको बजारीकरण गर्न सस्तो मूल्यमा प्रशस्त उपलब्ध गराई स्वदेशी उत्पादनलाई निरूत्साहित बनाउन विदेशी बिचौलिया केन्द्रित हुन्छन्,’ प्रवक्ता महतले भने, ‘नियोजित रूपमा आन्तरिक उत्पादनले आत्मनिर्भर हुन नसक्ने बनाइ त्यसपश्चात महँगो बनाउँछन्। त्यसबाट बच्न कृषि सामग्रीको भन्सार विन्दुमा कर लगाई नेपाली किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्छ।’

कृषि पेसालाई सम्मानित बनाउन नसक्दा नेपाल कृषिप्रधान देश भए पनि यहाँको उत्पादनले आत्मनिर्भर हुन नसकेको उनले बताए। त्यसका लागि युवालाई प्राविधिक शिक्षा र सीप विकासमा संलग्न गराई स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको प्रवक्ता महतको भनाइ छ। रासस