२३ जेष्ठ २०८३, शनिबार
,
Latest
औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य नयाँ रेकर्ड नजिक, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य फेरि नयाँ रेकर्ड नजिक पुगेको छ । बुधबार सुन प्रतितोला ११०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड नजिक पुगेको हो ।

आज छापावाला सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सुनको ऐतिहासिक मूल्य तोलामा एक लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा कारोबार भईरहेको छ ।