२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओशो सन्यासी बनिन् शिल्पा पोखरेल



अ+ अ-

काठमाडौं। मोडल तथा अभिनेत्री शिल्पा पोखरेल प्रायः आफ्ना गतिविधिले चर्चामा आउँछिन् । अभिनेत्री शिल्पा वैवाहिक सम्बन्धले चर्चामा रहिन् भने अहिले उनी ‘ओशो सन्यासी’ बनेकी तस्बिरले दर्शको ध्यान तानेको छ । ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरिन् ।

ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ । अभिनेत्री समेत रहेकी ओशोमार्गी शोभिता सिम्खडाले यसबारे जानकारी दिँदै शिल्पाले नवसन्यास लिएकोमा खुसी जनाएकी छन् ।

त्यसयता उनी पूर्वश्रीमान तथा फिल्म निर्माता छविराज ओझासँगको वैवाहिक सम्बन्धले चर्चामा रहिन् । उनीहरूबीच सम्बन्धविच्छेद भैसकेको छ ।