काठमार्डौं । इटहरी साहित्यिक समूहले संङ्गीतरत्न प्रसिद्ध संङ्गीतकार गीतकार गायक शम्भुजीत बासकोटा र प्रसिद्ध नाटक निर्देशक नाट्यकर्मी अशेष मल्ललाई अभिनन्दन गरेको छ ।
सोमबार ईटहरी चोकमा रहेको धरणीधर सास्कृतिक केन्द्रमा एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उहाँहरुलाई अभिनन्दन गर्नुभएको छ
समाजले नृवंश शास्त्री साहित्यकार तथा समाजसेवी धरणीधर दाहलको ९८ औ जन्मजयन्तीका अबसरमा उहाँहरुलाई सम्मान गरेको हो ।
इटहरी साहित्यिक समूहका अध्यक्ष ज्ञानेन्द्र दाहालले धरणीधर दाहालको योगदानलाई सम्मान गर्ने उद्देश्यले पुरस्कार तथा सम्मान वितरण कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनु भयो ।











