९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमै मृत भेटिइन् दक्षिण कोरियाली अभिनेत्री किम से–रोन



अ+ अ-

एजेन्सी । दक्षिण कोरियाली अभिनेत्री किम से–रोनको निधन भएको छ ।

२४ वर्षीया अभिनेत्री फेब्रुअरी १६ मा आइतबार आफ्नो घरमा मृत फेला परेकी थिइन् । तर, उनको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

कोरिया जोङआङ डेलीको रिपोर्टका अनुसार किम से–रोनले आइतबार एक साथीलाई भेट्ने भनिएको थियो । जब उनका साथी उनीहरूको अपार्टमेन्टमा पुगे, उनले किमको शव फेला पारे । यसपछि तुरुन्तै प्रहरीलाई यस विषयमा जानकारी गराइएको थियो ।

किमले सन् २००९ मा ‘ए ब्रान्ड न्यू लाइफ’बाट आफ्नो करियर सुरु गरेकी थिइन् । उनले ‘द म्यान फ्रम नोवेयर’ (२०१०) मा दमदार अभिनय गरेकी थिइन् । उनले ‘द नेबर्स’ लगायत फिल्ममा काम गरेकी थिइन् । उनी हालै नेटफ्लिक्सको ‘ब्लडहाउन्ड्स’ (२०२३)मा पनि देखिएकी थिइन् ।