२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.18

Wind: 1.03

Humidity: 51

तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादी बागमती अध्यक्षमा भीम दाहाल सर्वसम्मत



अ+ अ-

काठमाडौँ। नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा भीमप्रसाद दहाल निर्वाचित भएका छन्।

फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो। सोमबार नयाँ नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको थियो।

अध्यक्षका लागि दाहालसहित लक्ष्मण लम्साल, श्याम बस्नेत र बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गरेका थिए। तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि दोलखाका दाहाल सर्वसम्मत बनेका हुन्।

इन्चार्ज तुलाधरकाअनुसार उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानिराम चौलागाई, निरू खरेल, दिपक धनुके निर्वाचित हुनुभएको छ। दहालको नेतृत्वमा १८६ जना सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ।