९ श्रावण २०८३, शनिबार
,
Latest
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको समृद्धि नेकपा एमालेको ध्येय-उपाध्यक्ष बादल



अ+ अ-

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले मुलुकको समृद्धि नेकपा एमालेको ध्येय रहेको बताएका छन् ।

आज यहाँको गौशालामा पार्टीको जिल्ला स्तरीय तीन महिने वडा केन्द्रित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यसै ध्येयका लागि एमाले अहिले आधारभूत तहमै पार्टी सुदृढीकरण अभियानमा जुटेको बताए ।

आफ्नो दलसँग मुलुकको राष्ट्रिय स्वार्थ रक्षा र समृद्धिको संकल्प रहेको उनको भनाइ थियो । आगामी निर्वाचनमा एमालेले तीनै तहका सरकारको बहुमतका साथ नेतृत्व गर्न सम्पूर्ण पार्टी पङ्क्तिलाई जनताको घर आँगन पुग्न परिचालित गरेको थापाले बताए ।

“हामी जनतासँग एकाकार हुँदै अघि बढ्न निरन्तर अभियानमा छौँ” थापाले भने, “सम्पूर्ण पार्टी पङ्क्ति अहिले जनसम्बन्ध विस्तारमा जुट्नुहोस् ।” कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, पार्टी केन्द्रीय स.गठन विभागका सचिव माधव ढुंगेलसहितका नेताले अहिलेको तीन महिने अभियानबारे प्रकाश पारे ।

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य रामदलाल मण्डल, केन्द्रीय कमिटी सदस्य सरोजकुमार यादव र केन्द्रीय अनुशासन विभागका सदस्य दुर्गा दाहालसहितको उपस्थिति थियो ।रासस