२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकार बनेपछि अवरुद्ध विकास योजना कार्यान्वयन हुँदैछन्ः महासचिव पोखरेल



अ+ अ-

दाङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले नेतृत्वमा मात्रै दाङको समृद्धि सम्भव हुने बताएका छन्।

एमाले दाङले घोराहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले एमाले सरकार बनेपछि लामो समयदेखि रोकिएका विकास योजनाहरू कार्यान्वयन हुन थालेको उल्लेख गरे ।

“घोराही–तुलसीपुर चारलेन सडकको निर्माणकार्य पुनः थालनी भएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पठनपाठन सुरु भइसकेको छ । टरिगाउँ विमानस्थलको स्रोत सुनिश्चित गर्न सरकारलाई आवश्यक पहल गर्न आग्रह गरिएको छ”, महासचिव पोखरेलले भने, “यसले दाङको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रमा महत्वपूर्ण परिवर्तन आउने विश्वास छ ।

सरकारले भूमि समस्या समाधान र अन्य दीर्घकालीन महत्व राख्ने छ वटा अध्यादेश ल्याएको र यी संसद्बाट पारित भएरै छाड्ने उनले दाबी गरे ।