८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने



अ+ अ-

ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आयोजनामा कञ्चनजङ्घा साहासिक हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधारशिविरमा म्याराथन प्रतियोगिता हुन लागेको हो ।

गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार सिरिजङ्घा महोत्सव–२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने छ । कञ्चनजङ्गा आधार शिविर क्षेत्रमा समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा प्रतिस्पर्धा गराइने गाउँपालिकाले जनाएको छ ।

म्याराथन प्रतियोगिताका विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ । प्रथम हुनेलाई रु दुई लाख आठ हजार ५८६, दोस्रो हुनेलाई एक लाख आठ हजार ५८६ तथा तेस्रो हुनेलाई ८५ हजार ५८६ पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

कार्यपालिकाको निर्णयअनुसार प्रतियोगिता नयाँ झोरेनी, कस्तुरेडाँडा, झण्डेडाँडा, सिन्दुरे ढङ्गा, तुप्लुङ, दुण्डुडाँडा, ढाउँ चौक, भेडी चोकहुँदै मछेवा पुग्ने २४ किलोमिटर दूरीमा सञ्चालन गरिने छ । गाउँपालिकाले प्रतियोगितासँगै माउन्टेन साइकलिङ कार्यक्रम पनि आयोजना गरिने जनाएको छ ।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन, अवलोकन तथा साहसिक पदमार्गको अनुगमनसमेत गर्न सकिने आयोजकको अपेक्षा रहेको छ । रासस