४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

कीर्तिपुर “जलन अस्पताल”को पीडा

कीर्तिपुर “जलन अस्पताल”को पीडा
अ+ अ-

कीर्तिपुर अस्पताल, कीर्तिपुर नगरपालिकासंगको सहकार्यमा संचालित १०० सैयाको एक जनरल अस्पताल हो । यहाँ जलन बाहेक सवैजसो प्रमुख विधामा विरामीहरुको उपचार हुने गर्दछ । यसले वर्षेनी पचास हज्जार भन्दा वेसी जनतालाई सर्व सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

गरीव तथा सुविधाविहिन नागरिकहरुलाई यस अस्पतालले नि:शुल्क र सहुलियत दरमा स्वास्थ्य सेवा पनि प्रदान गर्दछ । कीर्तिपुर नगरपालिकाका बासिन्दाहरुलाई यस अस्पतालले अधिकांश सेवाहरुमा ५०% को सहुलियत दरमा सेवा प्रदान गर्दै आइरहेको छ । तर कैयनले यस अस्पताललाई “बर्न अस्पताल” को रुपमा मात्रै चिन्दछन् । सायद, विगत १०-१२ वर्षमा यसले सयौं जलन पीडितहरुलाई नि:शुल्क र सहुलियत दरमा उपचार गर्दै आएको र देशकै सबैभन्दा ठूलो बर्न विभाग भएको कारण पनि जन-साधारणले यसलाई बर्न अस्पताल भनेको हुन पर्दछ ।

विगत १०-१२ वर्षमा देशमा भएका विभिन्न जलन सम्वन्धी दूर्घटनाका अधिकांश पीडितहरुले यसै अस्पतालमा उपचार गरेर निको भएर घर फर्केका छन् । विभिन्न कारणवश, अति जलनमा परेका केही विरामीहरुको मृत्यु पनि हुने गरेका छन् । देशको पूर्व मेची देखि पश्चिम महाकाली सम्म (हाल सम्म ७५ जिल्ला)मा भएका साना-ठुला सवैजसो दूर्घटनाको कारण जलनमा परेका अधिकांश विरामीहरुको यसै अस्पतालमा उपचार हुने गर्दछ ।

कथं कदाचित, ठुला मान्छेहरु जलन दूर्घटना परेको खण्डमा अस्पतालमा भिआइपीहरुको घुइँचो नै लाग्ने गर्दछ । टिभीको पर्दा अगाडि उहाँहरुले अस्पतालको जलन विभागलाई सहयोग गर्ने, विरामीहरुलाई नि:शुल्क उपचार गर्ने लगायत व्यवस्थित बर्न अस्पताल निर्माण गर्ने कुरा गरेका अनेकन उदाहरणहरु पनि छन्, तर व्यवहारमा त्यस सम्वन्धी खासै कुनै परिणामुखी काम भएको छैन ।

कुरा दुइ वर्ष जति अगाडिको हो । लक्ष्मी पुजाको दिन मोरङ्ग जिल्लाको उर्लाबारीमा ग्यास पड्केर २७ जना मान्छेहरु गम्भीर घाइते हुन पुग्यो । कीर्तिपुर अस्पतालमा ल्याइएका विरामीहरुलाई डाक्टर, नर्स स्वास्थ्य स्वयंसेवीहरुले एम्बुलेन्सबाट सिधै अपरेसन थिएटरमा लगेर उपचार शुरु गरे । विभिन्न कारणवश, अति जलनमा परेका केही मान्छेहरुको मृत्यु पनि भयो । सो घटना राष्ट्रिय चासोको विषय पनि बन्यो । सरकारले ती विरामीहरुको नि:शुल्क उपचार गर्ने घोषणा पनि गर्‍यो । तर वाचा पूरा गरेन । तर, ती मध्ये धेरै विरामीहरु स्वास्थ्य लाभ गरी घर फर्केका थिए ।

यस अघि सांसद डा. चन्द्र भण्डारी ग्यास जलनमा परी गम्भीर घाइते हुन पुगे । त्यसवेला पनि थुप्रै भिआइपीहरुले उहाँहरुको स्वास्थ्य लाभको निम्ति अस्पतालको भ्रमण गरि विभिन्न प्रतिवद्धता जाहेर गरेका शृङ्खलाहरु छन् । तर, खासै काम भएन ।

यसै सन्दर्भमा सांसद डा. भण्डारीले संसदमा कीर्तिपुर अस्पताललाई जलनका बिरामीहरुको निम्ति एक रेफेरेल सेन्टरको रुपमा विकास गर्नु पर्ने उहाँको आव्हानलाई संवोधन गर्दै तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले कीर्तिपुर अस्पतालको जलन विभागको भौतिक संरचना निर्माणमा नेपाल सरकारले सहयोग गर्ने कुरा रोष्टमबाटै घोषणा गर्नु भएको थियो । त्यसपछी तत्कालीन अर्थमन्त्री वर्षमान पुनले कीर्तिपुर अस्पतालको जलन विभागको भौतिक संरचना निर्माणको निम्ति बजेट विनियोजन गरेको कुरा बजेट भाषणमा उल्लेख गर्नु भएको थियो ।

केही समय पश्चात सरकार परिवर्तन भयो । कीर्तिपुर अस्पतालको जलन विभागको भौतिक पूर्वाधारको निम्ति बजेट विनियोजन गरेको कुराले खुशी भएका हामीहरु (म, डा. भरत प्रधान र डा. शंकर राई) वर्तमान उप-प्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलसंग सो कुराको जानकारी लिन सिंह दरबार पुगेका थियौं । उहाँले रातो किताब हेरे पछि भन्नुभयो, सो कुरा बजेट भाषणमा उल्लेख भएता पनि कुनै पनि रकम विनियोजन नभएको बताउनु भयो । सो कुरा थाहा पाउँदा र सरकारी कामकाजको रवैया देख्दा हामी भारी मनले अर्थ मन्त्रालयबाट फर्केका थियौं ।

अफशोच, हिजो फेरि एक गम्भीर असावधानीको कारण अर्को जलनको दूर्घटना हुन पुग्यो । जसको कारण वर्तमान उप-प्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धन राज आचार्य जलनको दूर्घटनामा परेका छन् । कीर्तिपुर अस्पतालमा उपचारत उहाँहरुको निम्ति हिजै एक विशेषज्ञ टोली गठन गरेर सघन उपचार कक्षमा उहाँहरुको सावधानी पूर्वक उपचार भइ रहेको अस्पतालले विज्ञप्ति मार्फत जानकारी गरीसकेको छ । हामीहरु उहाँहरु लगायत सम्पूर्ण भर्ना भएका विरामीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

हाल, कीर्तिपुर अस्पतालमा एक राष्ट्रिय जलन उपचार केन्द्रको स्थापनाको उद्देश्य लिएर जनस्वास्थ्य सरोकार ट्रष्ट, नेपाल (phect-NEPAL) को तत्वावधान र सांसद डा. चन्द्र भण्डारीको सकृय सहयोग र मार्ग निर्देशन र डा. शंकर राईको सकृयतामा महत्वपूर्ण कार्यहरु अगाडि बढ्दै छ । यस पुनित कार्यलाई सघाउन चौधरी फाउन्डेसन, नेपाल विद्द्युत प्राधिकरण र जलन उपचार सेवामा प्रतिवद्ध फेक्ट नेपालका सद्भावना दूत उज्वल थापा लगायत सर्व साधारण जनता पनि लागेका छन् ।

जलन पीडित तथा प्रभावित मानिसहरुको निम्ति सस्तो, सुलभ र गुणस्तरीय उपचार देशैभित्र सम्भव गराउनुका साथै सो विषयमा एक राष्ट्रिय श्रोत केन्द्र पनि बनाउने र सो अस्पताललाई एक राष्ट्रिय बर्न रेफेरल सेन्टरको रुपमा विकास गर्ने उद्देश्यले कृयाशील यो अभियानमा नेपाल सरकारको विशेष पहल र आर्थिक सहयोग हुनु अत्यावश्यक छ । तसर्थ, सो कार्यलाई सघाउन नेपाल सरकारसंग म हार्दिक अनुरोध गर्न चाहन्छु ।

सो कार्यलाई सघाउन सातै प्रदेशका स्वास्थ्य मन्त्रायहरुले पनि योगदान गर्नु उपयुक्त हुन्छ । साथै, देशका ७५३ वटै पालिकाहरुले राष्ट्रिय जलन उपचार केन्द्रको निर्माण र पीडितहरुको उपचारको निम्ति आ-आफ्नो गक्ष अनुसार वर्षेनी केही रकम सहयोग भए सो पालिकाको जलन पीडितहरुलाई सहुलियत दरमा र गरीव तथा सुविधाबिहिनहरुलाई नि:शुल्क उपचार गर्ने अस्पतालको योजना रहेको छ ।

पछिल्लो चरणमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनका विरामीहरुको निम्ति स्वास्थ्य सेवा गुणस्तरीय र सर्वसुलभ गर्न गरेका प्रयत्नहरु सकारात्मक र स्वागत योग्य छन् । यस शुभ कार्यलाई सम्भव बनाउन रातोदिन खट्नु हुने सांसद डा. चन्द्र भण्डारी, प्रो. डा. शंकरमान राई, कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मी र जन स्वास्थ्य सरोकार ट्रष्टका कार्यकारी समितिका सदस्यहरु, कीर्तिपुर नगरपालिका, कार्यक्रम डिभिजनका निर्देशकहरु, सम्पूर्ण डाक्टर, नर्स र कर्मचारीहरुलाई म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

जलनका दूर्घटनाहरु बाजा बजाएर आउँदैनन् । यो खासगरी असावधानी, अपर्याप्त तैयारी र विपत्तिको कारण हुने गर्दछ । यसखाले घटनाका पीडित जो कोही पनि हुन सक्दछन् । त्यसैले, यस्ता घटनाहरुको रोकथाम, पीडितहरुको शिघ्र र गुणस्तरीय स्वास्थ्य उपचार र पूनस्थापनात्मक उपचारको निम्ति देशले समय मै सचेत भइ जलन उपचारको निम्ति आवश्यक भौतिक, प्राविधिक र सामाजिक कार्यहरु स्थापना, परिचालन र संस्थागत गर्न जरुरी छ ।

-अस्पतालका संञ्चालक मध्येका एक प्रधानको फेसबुकबाट साभार