९ भाद्र २०८३, मंगलवार
,
Latest
बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको १० लाख नगदसहित एक भारतीय पक्राउ



अ+ अ-

वीरगन्ज । स्रोत नखुलेको दश लाख नगदसहित  हुण्डी कारोबारमा संलग्न एक भारतीय पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले भारतीय नागरिकलाई वीरगन्जको लिङ्क रोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक नेहाल कुमार रहेका छन् । उनको साथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद गरेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले बताए ।

जाँच गर्दा स्रोत खुल्न नसकेपछि भारतीय नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।