१३ चैत्र २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको १० लाख नगदसहित एक भारतीय पक्राउ



अ+ अ-

वीरगन्ज । स्रोत नखुलेको दश लाख नगदसहित  हुण्डी कारोबारमा संलग्न एक भारतीय पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले भारतीय नागरिकलाई वीरगन्जको लिङ्क रोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक नेहाल कुमार रहेका छन् । उनको साथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद गरेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले बताए ।

जाँच गर्दा स्रोत खुल्न नसकेपछि भारतीय नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।