५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : मन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्ने बताएका छन् । ललितपुरमा आइतबार आयोजित राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठकलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले कृषि अनुसन्धानमा काम गर्ने वैज्ञानिकहरूको विदेश पलायन रोक्नुपर्ने बताएका हुन् ।

‘नेपालमै काम लाग्ने वैज्ञानिकहरूलाई स्वदेशमै रहन सक्ने वातावरण बनाउन जरुरी छ,’ मन्त्री अधिकारीले भने, ‘वैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न मैले सक्दो प्रयास गरिरहेको छु ।’

मन्त्री अधिकारीले नार्कमा धेरै वर्षदेखि नसुल्झेको जटिलताहरू सुल्झिँदै गएको र समस्या समाधान गर्ने ध्यान दिएको बताए । वैज्ञानिक एस १ , एस २ को समस्या समाधान भएको र समकक्षताको समस्या समाधान गर्न पनि समिति गठन भइसकेको उनले उल्लेख गरे ।

मन्त्री अधिकारीले कृषि अनुसन्धान प्रणालीलाई व्यवहारिक बनाउन आवश्यक भएको बताए । कृषि उपज आयातको ठुलो आकारले चुनौती थपेको उल्लेख गर्दे उनले यो चुनौतीको सामना गर्न नार्कले अन्वेषण गर्ने बालिका जातहरू पनि सोही अनुकूलको हुनुपर्नेमा जोड दिए ।




भर्खरै