२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.45

Wind: 2.57

Humidity: 88

Latest
रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु आ.व.को ६ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चालु आर्थिक वर्षको ६ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको बताउनुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब आँकडामा प्रश्नोत्तर गर्ने, त्यसको तुलना गर्ने बानी बसाल्नुपर्ने बताउनु भयो । उहाँले पुँजीगत खर्च कम भएको स्वीकार गर्दै उहाँले पूर्वअर्थमन्त्री वर्षमान पुनलाई तपाईं अर्थमन्त्री भएको अवधिको तुलनामा भने बढी रहेको भन्दै जवाफ दिनुभयो । सरकारमा आएपछि अर्थतन्त्र सुधारका लागि गम्भीर रुपमा काम गरिरहेको बताउनु भयो । उहाँले असारमा धान नरोपेपछि नफल्ने उहाँको टिप्पणी थियो ।

उहाँले भन्नुभयो, ‘देशको अर्थतन्त्रबारे चिन्ता गर्नु भएकोमा यसअघिका अर्थमन्त्री समेत रहनु भएका प्रश्नकर्ता माननीयलाई धन्यवाद । ७ महिना अगाडि तपाईं आफैं अर्थमन्त्री हुनुहुन्थ्यो। त्यस समय भन्दा अगाडि र त्यसयताको मूल्य वृद्धिको अनुपात हेर्न म उहाँलाई अनुरोध गर्दछु। हामीले अब आँकडामा प्रश्नोत्तर गर्ने, त्यसको तुलना गर्ने बानी बसाल्नु पर्छ। तपाईंको अर्का प्रश्न छ– पूँजीगत खर्च भइरहेको छैन। हो, हाम्रो पूँजीगत खर्च कम छ। तर माननीयज्यू अर्थमन्त्री भएको अवधिको तुलनामा भने बढी छ। यसै अवधिको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको पूँजीगत खर्च १५ प्रतिशतले बृद्धि भएको छ। हाम्रो अर्थतन्त्रमा सुस्तता एकै दिनमा आएको होइन र सुस्तता एकै दिनमा हट्ने पनि होइन। हामी सरकारमा आएपछि अर्थतन्त्र सुधारका लागि गम्भीर रुपमा काम गरिरहेका छौं र सुधारका केही नतिजाहरू पनि देखिएका छन्। असारमा धान नरोपेपछि नै हो मंसीरमा धान नफल्ने। अघिल्लो सरकारका नीति, खर्चका प्राथमिकतालाई अलग्गै राखेर अहिले अर्थतन्त्र सुध्रेन भन्नु राम्रो हुँदैन। तर, अहिले हामी कानूनमा भएका अप्ठ्याराहरूलाई पनि हटाएर अर्थतन्त्रलाई सुधार्ने, लगानीको वातावरण बनाउने, उत्पादन बढाउने काम गरिरहेका छौं ।’

प्रधानमन्त्री ओलीले कर तथा भन्सार प्रणालीलाई डिजिटल बनाउँदै, महशुल भुक्तानी सहज पारिएको बताउनु भयो । नेपाल राष्ट्र बैंकले ब्याजदरलाई घटाउने नीति ल्याएपछि बैंकहरूको ब्याजदर एकल अंकमा झरिसकेको र अब उद्योग, व्यापार, र स्टार्टअपहरूका लागि राम्रो अवसर रहेको बताउनु भयो ।