५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित



अ+ अ-

काठमाडौं । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रको प्यानलको जित सुनिश्चित भएको छ । अब गणना हुन बाँकी मतभन्दा मिश्रको प्यानलले बढी मतअन्तर कायम गरिसकेकाले जित निश्चित भएको हो ।

तेस्रो दिनको मतगणना आजका लागि स्थगित भएको छ । अब ललितपुर बार एसोसिएसन केन्द्रको ५ सय ६० मत मात्र गन्न बाँकी छ । यो भोलि मात्र गणना हुने छ । निर्वाचन समितिले भोलि नै मिश्र नेतृत्वको प्यानललाई निर्वाचित भएको घोषणा गर्नेछ ।

निर्वाचन समितिकाअनुसार बार एसोसिएसनको नयाँ अध्यक्षका लागि मिश्रले ४ हजार ८ सय ९१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी रमनकुमार श्रेष्ठले २ हजार २२९ मत पाएका छन् । दुई बीचको अन्तर २ हजार ६ सय ६३ मत रहेको छ ।

महासचिव पदमा पनि मिश्र प्यानलका वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाको जित निश्चित देखिएको छ।

यस्तै, कोषाध्यक्षमा मिश्र प्यानलकै अधिवक्ता जगतबहादुर कार्की विजयी हुने छन् । केही मत गणना बाँकी रहे पनि मिश्र प्यानलका सबै २५ उम्मेदवारले निर्णायक अग्रता बनाइसकेकाले सम्पूर्ण प्यानलको जित सुनिश्चित भइसकेको छ ।

अन्तिम गणना सम्पन्न भएपछि निर्वाचन समितिले बिहीबार आधिकारिक परिणाम सार्वजनिक गर्नेछ । निर्वाचन समितिका अनुसार शनिबार सम्पन्न निर्वाचनमा ७ हजार ९९५ मत खसेको थियो ।