२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल



अ+ अ-

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले आज एक विज्ञप्ति जारी गर्दै एक सातादेखि आन्दोलनरत शिक्षकले उठाउँदै आएको नयाँ शिक्षा ऐन ल्याउनुपर्नेलगायत जायज मागहरू पूरा गर्नुपर्ने बताउनुभयो ।

शिक्षकहरूको जायज र न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै नेता खनालले देशभरका शिक्षकका जायज मागप्रति सम्पूर्ण न्यायप्रेमी, देशभक्त जनता र शक्तिहरूको सहयोगको अपेक्षा गर्नुभएको छ ।

ज्ञानका माध्यमबाट शिक्षाको ज्योति फैलाउने गुरुहरुले समस्त बालबालिकालाई शिक्षाको आलोकबाट समाजलाई आलोकित गरिरहेको बताउँदै उहाँले शिक्षकहरूले बालेको नवचेतनाको ज्योतिले देशको भविष्य निर्माणमा योगदान गरिरहेको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले शिक्षकहरू सिङ्गो समाजका गुरुहरू भएकाले उनीहरूका मागलाई पूरा गर्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । रासस