६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल



अ+ अ-

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले आज एक विज्ञप्ति जारी गर्दै एक सातादेखि आन्दोलनरत शिक्षकले उठाउँदै आएको नयाँ शिक्षा ऐन ल्याउनुपर्नेलगायत जायज मागहरू पूरा गर्नुपर्ने बताउनुभयो ।

शिक्षकहरूको जायज र न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै नेता खनालले देशभरका शिक्षकका जायज मागप्रति सम्पूर्ण न्यायप्रेमी, देशभक्त जनता र शक्तिहरूको सहयोगको अपेक्षा गर्नुभएको छ ।

ज्ञानका माध्यमबाट शिक्षाको ज्योति फैलाउने गुरुहरुले समस्त बालबालिकालाई शिक्षाको आलोकबाट समाजलाई आलोकित गरिरहेको बताउँदै उहाँले शिक्षकहरूले बालेको नवचेतनाको ज्योतिले देशको भविष्य निर्माणमा योगदान गरिरहेको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले शिक्षकहरू सिङ्गो समाजका गुरुहरू भएकाले उनीहरूका मागलाई पूरा गर्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । रासस