२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंखरापुर बस दुर्घटनाः अर्का घाइते विद्यार्थीको पनि मृत्यु



अ+ अ-

काठमाडौँ । शंखरापुर नगरपालिका–५ मा गत बुधबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

मेडिसिटी अस्पतालमा उपचाररत १० वर्षीय विद्यार्थी सनसाइन तामाङको मृत्यु भएको हो ।

उनको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको छ । यसअघि ११ वर्षीय विद्यार्थी क्रिष्टल पुरी, २३ वर्षीय सुरेश तामाङ र १४ वर्षीय सुशांक डोटेलको मृत्यु भएको थियो ।

चाबहिलको एसएस एकेडमीका विद्यार्थी नगरकोट पिकनिक गएर फर्कने क्रममा उनीहरु सवार बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो ।

उक्त बसमा सवार ४३ जना मध्ये तीन जनाको सोही दिन मृत्यु भएको थियो । बाँकी विभिन्न अस्पतालहरुमा उपचाररत थिए ।