९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

विद्यालय हिँडेकी बालिकाको जेसिबीले पल्टाएको ढुंगाले लागेर मृत्यु

विद्यालय हिँडेकी बालिकाको जेसिबीले पल्टाएको ढुंगाले लागेर मृत्यु
अ अ+ अ-

काठमाडौँ । गुल्मीमा जेसीबीले पल्टाएको ढुंगाले लागेर आठ वर्षीया बालिकाको मृत्यु भएको छ । आइतबार बिहान विद्यालय हिँडेकी इस्मा गाउँपालिका–२ छल्दीटार निवासी बिष्णु कुमालको मृत्यु भएको हो ।

आइतबार बिहान विद्यालय हिँडेकी कुमाललाई श्रेष्ठ कन्ट्रक्सन प्रालिको लु १ क ४३८६ नम्बर जेसिबीले पल्टाएको ढुंगाले लागेको थियो ।

छल्दीबाट हस्तीचौर जाने भित्री कच्ची सडक खन्ने क्रममा ढुंगाले लागेर बालिका गम्भीर घाइते भएकी थिइन् । उनको समयमै उद्धार समेत हुन नसकेको स्थानीय बताउँछन् । गम्भीर घाइते भएकी बालिकाको गुल्मी अस्पतालमा उपचार गर्न ल्याइएको थियो । तर,डाक्टरले बालिकालाई मृत घोषणा गरेका हुन् ।

निर्माण व्यवसायीको चरम लापरबाहीका कारणले बालिकाको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् ।

प्रहरीले जेसिबी चालक मकवानपुर इन्द्रचौर गाउँपालिका– ४ सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई नियन्त्रणमा लिएको छ । बालिका घर नजिकैको पालुखा माध्यमिक विद्यालयमा अध्ययनरत थिइन् । अहिले बालिकाको शव गुल्मी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।