६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय हिँडेकी बालिकाको जेसिबीले पल्टाएको ढुंगाले लागेर मृत्यु



अ+ अ-

काठमाडौँ । गुल्मीमा जेसीबीले पल्टाएको ढुंगाले लागेर आठ वर्षीया बालिकाको मृत्यु भएको छ । आइतबार बिहान विद्यालय हिँडेकी इस्मा गाउँपालिका–२ छल्दीटार निवासी बिष्णु कुमालको मृत्यु भएको हो ।

आइतबार बिहान विद्यालय हिँडेकी कुमाललाई श्रेष्ठ कन्ट्रक्सन प्रालिको लु १ क ४३८६ नम्बर जेसिबीले पल्टाएको ढुंगाले लागेको थियो ।

छल्दीबाट हस्तीचौर जाने भित्री कच्ची सडक खन्ने क्रममा ढुंगाले लागेर बालिका गम्भीर घाइते भएकी थिइन् । उनको समयमै उद्धार समेत हुन नसकेको स्थानीय बताउँछन् । गम्भीर घाइते भएकी बालिकाको गुल्मी अस्पतालमा उपचार गर्न ल्याइएको थियो । तर,डाक्टरले बालिकालाई मृत घोषणा गरेका हुन् ।

निर्माण व्यवसायीको चरम लापरबाहीका कारणले बालिकाको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् ।

प्रहरीले जेसिबी चालक मकवानपुर इन्द्रचौर गाउँपालिका– ४ सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई नियन्त्रणमा लिएको छ । बालिका घर नजिकैको पालुखा माध्यमिक विद्यालयमा अध्ययनरत थिइन् । अहिले बालिकाको शव गुल्मी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।