२३ जेष्ठ २०८३, शनिबार
,
Latest
चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलपत्र योजनाका कारण परिणाम देखिन सकेन- यामलाल कँडेल



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अघिल्लो सरकारका पालाका ८० प्रतिशत योजना अलपत्र हुँदा परिणाम आउन नसकेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको आज यहाँ भएको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले योजनाहरु अलपत्र अवस्थामा रहेकै कारण वर्तमान सरकारको प्रगति देखिन नसेकेको जिकिर गरे ।

मुख्यमन्त्री कँडेलले त्यस्ता योजनाबारे सत्यतथ्य उजागर गर्न कलम चलाउन समेत पत्रकारलाई आग्रह गरे । बजेट वितरण, योजना छनोट र पारदर्शितासम्बन्धी गुनासो आएकाले आफूले योजना बैंकको कुरा अगाडि सारेको उनको भनाइ थियो । प्रदेश सरकारले गर्ने हरेक काममा मिडिया आलोचनात्मक साथ हुनुपर्ने भन्दै मुख्यमन्त्री कँडेलले पत्रकारको सकरात्मक, रचनात्मक आलोचनाबाट नै सरकारको लागि सहयोग पुग्ने समेत बताए ।

‘वर्षौदेखि ठेक्का लिएको छ तर काम गर्दैन । यस्तो तरिकाले कर्णाली प्रदेश कसरी अगाडि बढन सक्छ ? यस्ता सवालमा हामी सबै सचेत हुन आवश्यक छ’, उनले भने । मुख्यमन्त्री कँडेलले कर्णालीमा भएको स्रोत साधनलाई सही रूपमा सदुपयोग गरी सरकार अगाडि बढेको र घाँटी हेरेर गाँस हालेमा मात्र प्रदेश सरकार सफल हुने तर्क गरे । रासस