२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलपत्र योजनाका कारण परिणाम देखिन सकेन- यामलाल कँडेल



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अघिल्लो सरकारका पालाका ८० प्रतिशत योजना अलपत्र हुँदा परिणाम आउन नसकेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको आज यहाँ भएको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले योजनाहरु अलपत्र अवस्थामा रहेकै कारण वर्तमान सरकारको प्रगति देखिन नसेकेको जिकिर गरे ।

मुख्यमन्त्री कँडेलले त्यस्ता योजनाबारे सत्यतथ्य उजागर गर्न कलम चलाउन समेत पत्रकारलाई आग्रह गरे । बजेट वितरण, योजना छनोट र पारदर्शितासम्बन्धी गुनासो आएकाले आफूले योजना बैंकको कुरा अगाडि सारेको उनको भनाइ थियो । प्रदेश सरकारले गर्ने हरेक काममा मिडिया आलोचनात्मक साथ हुनुपर्ने भन्दै मुख्यमन्त्री कँडेलले पत्रकारको सकरात्मक, रचनात्मक आलोचनाबाट नै सरकारको लागि सहयोग पुग्ने समेत बताए ।

‘वर्षौदेखि ठेक्का लिएको छ तर काम गर्दैन । यस्तो तरिकाले कर्णाली प्रदेश कसरी अगाडि बढन सक्छ ? यस्ता सवालमा हामी सबै सचेत हुन आवश्यक छ’, उनले भने । मुख्यमन्त्री कँडेलले कर्णालीमा भएको स्रोत साधनलाई सही रूपमा सदुपयोग गरी सरकार अगाडि बढेको र घाँटी हेरेर गाँस हालेमा मात्र प्रदेश सरकार सफल हुने तर्क गरे । रासस