२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

योजना छनोट प्रक्रियालाई प्रभावकारी बनाइने



अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले योजना छनोटको प्रक्रियालाई प्रभावकारी बनाउने बताएका छन् । उनले आवधिक योजना र आयोजना बैंकमार्फत मात्रै योजना छनोट प्रक्रिया अघि बढाइने बताए ।

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना तर्जुमासम्बन्धी प्रदेश विकास परिषद्को बैठकलाई आज लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले टुक्रे आयोजनालाई निरुत्साहित गर्न आवधिक योजना र आयोजना बैंकले समेटेका योजनालाई वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताए ।

“प्रदेश सरकारले तथ्यांकका आधारमा योजना बनाउँछ”, उनले भने, “तथ्यांक र प्रमाणलाई आधार मानेर योजना छानिन्छन् । यसका लागि आवधिक योजना र आयोजना बैंकले हामीलाई सहयोग गर्नेछ ।”

प्रदेश सरकारले नयाँ योजना थप्नेभन्दा पनि अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकतामा राखेको, रणनीतिक रूपमा महत्त्व बोक्ने, प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकासमा योगदान पुर्‍याउने योजनालाई प्राथमिकतामा राख्ने भनाइ मुख्यमन्त्री आचार्यको छ ।

आवधिक योजनालाई प्रदेश मन्त्रिपरिषद् बैठकबाट पारित गर्नुअघि प्रदेश विकास परिषद् बैठकमा प्राप्त सुझावलाई समेटिने मुख्यमन्त्री आचार्यले बताए ।

प्रदेश सरकार स्थापना भएपछि विकास निर्माणले गति लिएको, गाउँ सहरको मुहार फेरिएको, जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकारले सफलता प्राप्त गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दल नेता जोखबहादुर महरालगायत वक्ताहरूले सम्बोधन गर्दै योजनाबद्ध विकास र प्रदेशका प्राथमिकताका आधारमा आवधिक योजनाले दिशा निर्देश गर्नुपर्नेमा जोड दिएका थिए । रासस