३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बरिष्ठहरु बिरासत खोज्दै बुढानीलकण्ठ

बरिष्ठहरु बिरासत खोज्दै बुढानीलकण्ठ
फाईल फोटो
अ+ अ-

काठमाडौँ।  शुक्रबार अकस्मात एउटा खबर प्रवाह भयो कांग्रेसका सबै नेताहरु पार्टी सभापति बुढानीलकण्ठ पुगेको । सबैले अनुमान गरे अहिले अध्यादेशका कारण अप्ठेरोमा परेको सरकारका लागि कांग्रेसले कुनै विकल्प निकाल्नुपर्ने भयो र सभापतिले आकस्मिक बैठक बोलाए । त्यसकारण कांग्रेसका सबै नेताहरु सभापति निवासमा पुगेका हुन् भन्ने खबर मिडियामा अकस्मात आयो ।

बुढानीलकण्ठ यस्तै समस्या परेका बेलामा विकल्प खोज्ने थलो पनि हो । किनभने सभापति शेरबहादुर देउवाले राजनीतिक रुपमा यस्तै अप्ठेरो अवस्था आयो र तत्कालै कुनै निर्णय गर्नुपर्ने अवस्था आयो भने पार्टीका नेताहरुलाई बोलाएर सल्लाह गर्ने गर्दछन् । आज पनि अनुमान त्यस्तै भयो ।

राजनीति अकस्मात तातेकाले यो अकस्मातको जमघटलाई मिडियाले यसैगरी अथ्र्याउने पनि भए । कतिले त्यसपछि देउवाले नेकपा एकीकृतका अध्यक्ष माधव नेपालसँग वार्ता गर्ने अनुमान गरे त कतिले अब तमलोपालाई सरकारबाट निकालेर राष्ट्रिय सभामा सदस्य रहको जसपालाई भित्र्याउनका लागि सभापति देउवाले सल्लाह मागेको भनेर पनि बुझे र प्रचार गरे ।

तर वास्तविकता त्यस्तो थिएन, जमघटको विषय नितान्त कांग्रेस पार्टीभित्रको आन्तरिक विषय थियो । कांग्रेस पार्टीका दोस्रो पुस्ताका प्राय सबै नेताहरुको त्यो आजको दौड खासमा बिरासतको खोजीका लागि थियो । बिरासत अर्थात् देउवापछि पार्टीको नेतृत्वमा को भन्ने खोजी । पार्टी सभापति अर्थात संस्थापन पक्षका दोस्रो पुस्ताका प्रायः सबै नेताहरु आज त्यहाँ पुगेका थिए ।

कांग्रेसको अघिल्लो अर्थात् १४ औँ महाधिवेशन विसं २०७८ को मंसिरमा भएको थियो तीन बर्षका लागि । त्यसैले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्नुपर्ने हुन्छ । अबको नेतृत्वमा देउवा आउन मिल्दैन किनभने उनी यसअघि नै दुई पटक भइसकेका छन् । त्यसकारण उनी पछि अबको नेतृत्वमा को भन्ने होड अब सुरु भइनै सकेको छ । त्यसो त पार्टीको बिधानले एक बर्षसम्म थप्नसक्ने प्रावधानको अधिकार पार्टी सभापतिलाई दिएकाले त्यो नहोला भन्न पनि सकिन्न ।

तर अहिले नै कांग्रेसका अबको नेतृत्व को हो भन्ने चर्चा मात्र होइन दौड नै सुरु भएको छ । यसका लागि नाम आइसकेको छ देउवा पक्षबाट गगन थापा र उता कोइराला समूहबाट शेखर कोइरालाको । त्यसपछि विगतदेखि कोइरालाको इतर पक्षमा रहेर देउवालाई सहयोग गर्दै आएका नेताहरुले देउवापछिको बकस कसले पाउने भन्ने खोजी व्यापक मात्रामा सुरु भएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको अग्रसरतामा उपसभापति पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, शशांक कोइराला, उमाकान्त चौधरी, प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाणलगायतका नेताहरु शुक्रबार बिहानै देउवा निवास पुगेका हुन् ।

सरसरति हेर्दा यही समूहको टेको लागेर देउवा कांग्रेसको १० औं महाधिवेशनदेखि आजका दिनसम्म संघर्षमा मात्र होइन पार्टी नेतृत्वमै छन् । उनीहरुकै सहयोगमा देउवा २०७२ फागुनमा १३ औं महाधिवेशनबाट सभापति जिते, २०७८ मंसिरको महाधिवेशनमा पनि पार्टीभित्र आफ्नो प्रभुत्व कायमै राख्न सफल हुँदै पार्टी सभापति चुनिए ।

यतिखेर पार्टीको आगामी सभापतिमा हिजोको महाधिवेशनमा शेखर समूहमा रहेका गगन थापाको चर्चा सुरु भएको छ । अहिले आफ्ना महत्वपूर्ण बैठकमा देउवाले गगनलाई नै अघि सार्ने गरेका छन् ।

सरकार सञ्चालनको दुई दलीय उच्चस्तरीय संयन्त्रमा समेत उनले गगनलाई नै राखेका छन् । कांग्रेसभित्र अहिले अबको महाधिवेशनमा देउवाले गगनलाई नै अघि सार्ने तयारी गरेका छन् भन्ने चर्चा व्यापक छ । त्यसकारण देउवाको समूहका र उनीपछिका नेताहरुलाई मनको बाघले खाएको हुनसक्छ । अनि यसैकारणले उनीहरु देउवापछि को त भन्ने प्रश्न लिएर आज बुढानीलकण्ठ पुगेका हुनसक्छन् ।

त्यहाँ पुगेपछि मुख खोले पूर्व उपसभापति गोपालमान श्रेष्ठले । उनले भनेका थिए‐ विगतमा हामीले तपाईंलाई सहयोग गरेको हो । म त झन् नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाएका बेला पनि तपाईलाई उपसभापति भएर सहयोग गरेको थिएँ । तपाई जेल परेपछि त्यसबेला मैले नै पार्टी हाँकेको हो । दुःखमा तपाइँलाई सहयोग गरेकै हो । त्यसैले अब तपाइँले पनि सभापतिमा मलाई सहयोग गर्नुपर्छ । होइन भने भन्नुस् तपाईपछि हाम्रो समूहबाट पार्टी सभापतिको उम्मेदबार को हो ?

हुन पनि देउवा समूहमा देउवापछि वरिष्ठ श्रेष्ठ हुन् । तर उनको यो दाबीपछि पनि देउवाले मुख भने खोलेनन् । उनले यतिमात्र भने‐ तपाईँहरु सबैजनाले नै मलाई यहाँ पुर्याएको हो । गोपालमानजीले भनेजस्तै उहाँले पनि पार्टीमा अप्ठेरो परेका समयमा सहयोग गरेकै हो । त्यसैले अबका दिनमा पनि हामी एक भएरै महाधिवेशनमा जानुपर्छ । हामीमा कुनै प्रकारको फुट आउनु हुँदैन । यहाँहरु सबैको सहमतिमा सबैको चित्त बुझाएर नै म अघि बढ्ने छु ।

उनले यसो भनिरहँदा धेरैले मुन्टो मात्र हल्लाए, तर केही प्रतिक्रिया भने दिएनन् । पछिल्लो समय देउवा क्याम्प छोडेर शेखरका कार्यक्रमहरुमा गोप्य रुपमा सहभागी हुने गरेका भनिएका एनपि साउदले पनि कुनै प्रतिक्रिया नदिएर मुन्टो मात्र हल्लाएको एकजना सहभागीले बताए ।

तर पछिल्लो समयमा देउवा समूहमा लागेका भनिएका गगन थापा भने आजको बैठकमा सहभागी थिएनन् । जसका कारण देउवा समूहका नेताहरुमा मनको बाघ सल्किएको छ, उनैको अनुपस्थितिमा नेताहरुले सभापति देउवाले अबको बक्सिस कसलाई दिने भन्ने अड्को थापेका हुन् ।