९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

भौतिक मन्त्रालयको दुई सय दिनः राष्ट्रिय राजमार्ग गुरुयोजनाको प्रतिवेदन तयार

भौतिक मन्त्रालयको दुई सय दिनः राष्ट्रिय राजमार्ग गुरुयोजनाको प्रतिवेदन तयार
अ अ+ अ-

काठमाडौँ । वर्तमान सरकार गठन भएको दुई सय दिनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।

शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । उहाँले दुई सय दिनका लागि मन्त्रालयले निर्धारण गरेको कार्य प्रगति लक्ष्यउन्मुख रहेको बताउनु भयो ।

उहाँले विगतमा वर्षा र बाढीको प्रकोपका कारण लक्ष्य प्राप्तिमा कमी आएपनि संवद्ध सबैको सकारात्मक सहयोगले उपलब्धिमुलक कार्य सम्भव भएको बताउनु भयो । उहाँले ठूला आयोजना व्यवस्थापनमा देखिएका समस्या तथा स्रोत साधनको सिमितताका बाबजुत उच्च प्रतिफल हासिल गर्न आवश्यक सबै प्रयत्न गरेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलो सय दिनका लागि निर्धारित १० वटा र २०० दिनका लागि निर्धारित १२ कामका क्षेत्रमा किटान गरिएको लक्ष्यहरुको प्रगति लक्ष्य उन्मुख रहेको छ । यसबीचमा वर्षात र बाढीका प्रकोपद्वारा सिर्जित आपतकालीन सडक तथा यातायात व्यवस्थापनको कार्यमा लाग्नुपरेको कारण लक्ष्य प्राप्तिमा केही कमी भएको भएपनि यो उपलब्धि हासिल गर्न मन्त्रालय र अन्तर्गत विभाग र फिल्डमा मेहनतपूर्वक खट्ने सबै तहका कर्मचारी । सबै सरोकारवालाहरु र मिडियाबाट प्राप्त सहयोगबाट नै सम्भव भएको उल्लेख गर्न चाहन्छु ।

यस अवधिमा मन्त्रालयले कतिपय ठूला आयोजना व्यवस्थापनमा देखिएका समस्या र स्रोत साधनको सीमितताका बाबजुद उच्च प्रतिफल हासिल गर्न आवशयक सबै प्रयत्न गरेको जानकारी गराउन चाहन्छु । आगमी दिनमा आयोजना व्यवस्थापनका समस्या समाधान गरी जनअपेक्षा पूरा गर्न यस कार्यमा अझै प्रभावकारी ढङ्गले लाग्ने प्रतिवद्धता पनि व्यक्त गर्दछु ।’

मन्त्री दाहालले चालु वर्षमा मन्त्रालयका लागि विनियोजित बजेटमध्ये साउनदेखि माघ मसान्तसम्म कुल २८ दशमलव १५ प्रतिशत खर्च भएको बताउनु भयो । उहाँले दुई लेनको २४६ किलोमिटर तथा लेनमाथिको ३० दशमलव ५८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको बताउनु भयो । उहाँले बर्दिवास—चोचा रेलमार्ग खण्डमा थप तीन किलोमिटर ट्रयाकवे निर्माण भएको तथा यातायात व्यवस्थापनतर्फ जिपिएस जडान लगायतका कार्य निरन्तर भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आब २०८१/८२ मा यस मन्त्रालयको लागि चालुतर्फ रु ७ अर्ब ४८ करोड ६३ लाख र पुँजीगततर्फ एक अर्ब ५ करोड गरी कुल १ खर्ब ५० अर्ब ५३ करोड बजेट विनियोजन रहेकोमा माघ महिनासम्म मन्त्रालय र अन्तर्गतको क्ल खर्च २८ दशमलव १५ प्रतिशत रहेको छ । सडकतर्फ कुल कालोपत्रे स्तरको नयाँ सडक २ लेनको २४६ किलोमिटर र २ लेन माथिको सडक ३० दशमलव ५८ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । बर्दीबास चोचा रेलमार्ग खण्डमा यो अवधिमा थप एक किलोमिटर ट्रयाकवे निर्माण गर्ने लक्ष्या रहेकोमा कुल ३ किलोमिटर ट्रयाकवे निर्माण गरी हालसम्म कुल ६८ किलोमिटर ट्रयाकवेड निर्माण भएको । जिपिएस जडान गर्ने सम्बन्धमा यातायात तथा सवारी क्षेत्रका सम्बन्धित स्टकहोल्डरसँग तलफल र परामर्शबाट प्रतिबद्धतासमेत प्राप्त भइ सार्वजनिक सवारी साधनमा जिपिएस जडान कार्य निरन्तर रुपमा अगाडि बढिरहेको छ ।’

मन्त्रालयका सचिव केशवकुमार शर्माले असोज १२ र १३ गतेको बाढीले क्षति गरेका सबै सडक आपत्कालीन रुपमा सञ्चालन गरिएको बताउनु भयो । उहाँले स्थायी रुपमा सडक निर्माण गर्न करिव दुई वर्ष लाग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले त्यहाँ चल्ने गाडीहरुलाई समस्या छैन । कालोपत्रे छैन तर गाडीहरु सबै बाटाहरु ८६७ ठाउँमा भएका सबै अवरोध सबै हटेर सबै बाटाहरु छन् । हामीले यसलाई दुई किसिमले सोचेका छौँ । यो बनाउन के गर्नुप¥यो भने हिजोको जत्रै मात्रै बनाएर पनि भएन अब त । हिजोको जत्रो भार धान्ने पनि बनाउनु प¥यो, यसका लागि डिजाइन गर्नुप¥यो । हामीलाई थाहा छ असोज १२÷१३ मा त्यस्तो भयो । हामीले खोल्यौँ । त्यसपछि दशैँ भइहाल्यो, तिहार पनि भइहाल्यो । त्यसपछि अध्ययन गर्नु प¥यो, डिजाइन गर्नुप¥यो, त्यसले समय लियो ।।।।परमानेन्ट रुपमा काम सम्पन्न गर्न त दुई वर्ष जति समय लाग्छ नि ।’

क्षति पुगेपछि सञ्चालनमा आएका केही सडक आगामी वर्षाको समयमा चल्न नसक्ने सचिव शर्माको भनाइ छ ।