९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु

टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
अ अ+ अ-

टीकापुर । प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउने अभियान सुरु गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले गुलाबको बिरुवा रोपेर अभियानको औपचारिक सुरुआत गर्नुभयो ।

उहाँले टीकापुरलाई गुलाबको सहर बनाउने अभियानको सुरुआत गर्नु मात्र ठूलो कुरा नभएको र त्यसलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिन नगरपालिकालाई सुझाव दिनुभयो । “बजारमा गुलाब रोपेर सहरलाई सुन्दर बनाउने काम राम्रो हो”, उहाँले भन्नुभयो, “यस अभियानमा सबै नागरिकले सघाउनुपर्छ । मेरोे तर्फबाट पनि साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।”

मन्त्री चौधरीले टीकापुर बजारलाई गुलाबको सहर बनाउँदै गर्दा टीकापुर पार्कलाई ओझेलमा पार्न नहुने बताउनुभयो । टीकापुरलाई गुलाबको सहर बनाउने अभियानलाई सहयोग पुगोस् भनी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले रु पाँच लाख सहयोग हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य ललिता सुनारले नगरपालिकाको अभियान राम्रो भएको र अभियान सफल पार्न आफूले सघाउने बताउनुभयो । सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्णप्रसाद न्यौपानेले आफूले गुलाबको बगैँचासहितको गुलाबको सहर कतै नदेखेको बताउनुभयो । “यो नै विश्वको गुलाबको पहिलो सहर हुनेछ,” उहाँले भन्नुभयो, “यसलाई पर्यटकीय हिसाबले पनि विकास गर्न सकिन्छ ।”

नगरप्रमुख रामलाल डंगौरा थारूले टीकापुरलाई गुलाबको सहर बनाउने अभियानमा टीकापुर नगरपालिकाको पैसा खर्च नगरेरै श्रमदान तथा अरूको सहयोगबाट गुलाब रोप्न लागेको र त्यसमा सहयोग गर्न सबैलाई अपिल गर्नुभएको छ । पहिलो दिन टीकापुर नगरपालिकाको प्राङ्गणमा र खडक चोकदेखि जमरा पुलबीचको भागमा गुलाबका बिरुवा रोपिएका छन् ।

गुलाब रोप्ने अभिायनमा विभिन्न विद्यालय र समुदायले श्रमदान गरेका छन् । रासस