२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना प्रभाव: प्रधानन्यायाधीश मातहतमा रहेका योजनाको काम प्रभावित



अ+ अ-

काठमाडौं । कोरोना महामारीका कारण प्रधानन्यायाधीश मातहतमा रहेका योजनाको काम प्रभावित बनेको छ । प्रधानन्यायाधीशको अध्यक्षमा गठित न्यायमा पहुँचका कामअन्तर्गत उत्पीडित र विपन्न वर्गका लागि न्यायमा पहुँच अभिवृद्धिको काम चैतयता ठप्प भएको छ । कोरोना भारइसको महामारीका कारण चैतयता लकडाउनका कारण न्यायमा पहुँचअन्तर्गत गर्ने पर्ने काम प्रभावित बनेको हो । महामारीसँगै सर्वोच्चसहित मुलुकभरका अदालतको न्यायिक कामसमेत प्रभावित बन्न पुगेको छ । समयावधि तोकेरसमेत काम गर्न सक्ने अवस्था रहेन । अदालतमा दैनिक तोकिने मुद्दाको पेसीसमेत पछिल्लो समय प्रभावित बनेको छ । कोरोनाका कारण बन्दी प्रत्यक्षीकरण, थुनछेक बहसबाहेक अन्य सबै काम प्रभावित भएका बेला प्रधान्यायाधीश मातहत रहने आयोगको कामसमेत प्रभावित हुन पुगेको हो ।

कोरोनाका कारण बालबालिका, ज्येष्ठ नागरिक, असहाय तथा आर्थिक विपन्नताका कारण न्यायको पहुँचबाट बाहिर रहेकाहरूलाई समेट्ने गरी न्यायमा पहुँच पु(याउने उद्देश्यले स्थापना भएका आयोगले काम गर्न सकेको छैन । कोरोना प्रभावले जेठ मसान्तभित्र सम्पन्न गर्नुपर्ने काम हुन सकेको छैन । न्यायमा पहुँच लक्षित योजनाको कामका लागि लक्षित वर्गसम्म पुग्न सक्ने अवस्था छैन । मानव संशोधन विकास तथा प्रशासन महाशाखाले कार्यान्वयन गर्ने गरी न्यायको पहुँचमा देखिएको समस्याहरू औंल्याउन प्रतिवेदन तयार गर्न वैशाखसम्म समय तोकिए पनि भदौ मसान्तसम्म आइपुग्दा काम हुन सकेको छैन । लक्षित वर्गको न्यायिक उपचारको विषयमा स्थानीय पदाधिकारी, शिक्षक, विद्यार्थी र सामाजिक परिचालकसम्मै पुग्ने योजना प्रभावित हुन पुग्यो ।

चैत मसान्तसम्ममा पूरा गरिसक्नुपर्ने यो काम रोकिएको छ । कार्यक्रम सम्पन्न गर्न राष्ट्रिय न्यायिक प्रतिष्ठानमार्फत प्रशिक्षण चलाउन भनिएको थियो । कारोबारमा रहेका कैदीबन्दीमा देखिएको समस्याका विषयमा अध्ययन र अनुगमन गर्ने, बाल सुधार गृहमा रहेका बालबालिकाको अवस्थाको विषयमा बुझेर प्रतिवेदन बनाउन समयसीमा जेठसम्म तोकिएको थियो । सो कार्यका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र बाल न्याय समन्वय समितिसँग समन्वय गर्ने भनिएको थियो ।

तर, कार्ययोजनाअनुसार काम हुन सकेन । लक्षित वर्गका व्यक्तिहरूको हक स्थापित गर्न स्थानीय तहसँग समन्वय गरेर देशभरको सबै स्थानीय तहमा गर्न लागिएको कार्यक्रम वैशाखमै सक्नुपर्ने थियो । कोरोना महामारीले काम अगाडि बढ्न सकेन । कोरोना महामारीका कारण देशभरका अदालतका कर्मचारीलाई दिइने प्रशिक्षणसम्बन्धी निर्देशिका तय गर्ने र अदालतबाट छिटो सेवाप्रवाह कसरी दिन सकिन्छ भन्ने विषयको काम अलपत्र बने । अदालतको कामको प्रभावकारिता बढाउन गर्नुपर्ने कामका लागि दिइने प्रशिक्षणसम्बन्धी विषय प्रभावित बन्न पुग्यो । समयतालिका तोकेर मन्त्रालयसँगको समन्वयमा देशव्यापी रूपमा न्यायमा पहुँच कार्यक्रम सम्पन्न गर्ने योजना तय भएको थियो ।

जेठ मसान्तभित्र अदालतमा सांकेतिक भाषाको प्रयोगसम्बन्धी अध्ययन प्रतिवेदनका आधारमा विज्ञको सूची तयार गर्ने काम रोकिन पुग्यो । सर्वोच्च महाशाखाको समन्वयमा सो योजना हुन लागेको थियो । महाशाखाले जेठमै विज्ञहरूको सूची रोस्टरमा राख्नुपर्ने गरी काम दिइएको थियो । राजधानी दैनिक