१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

गुठीको समस्या छिट्टै समाधान हुन्छ: सरकार

गुठीको समस्या छिट्टै समाधान हुन्छ: सरकार
अ अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गुठीको समस्या समाधान गर्न मन्त्रालय लागि परेको बताएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले यस्तो बताउनुभएको हो ।

उहाँले देशभरका सबै गुठीहरुको समस्या समाधान हुनेगरी मन्त्रालय गृहकार्यमा जुटेको बताउनु भयो । उहाँले मोही किसानका समस्या समाधान गर्नको आवश्यक कानूनी व्यवस्था गरिने समेत बताउनु भयो । उहाँले राजगुठी, सरकारी गुठी र निजी गुठीको समस्या समाधान हुनेगरी मौजुदा कानूनमा रहेका समस्याहरु समाधान गर्नको लागि लागिपरेको बताउनु भयो । उहाँले मौजुदा कानूनले विशेष प्रकृतिको निजी गुठीलाई सम्बोधन नगरेको कारण गुठीहरुमा समस्या भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पोहोर साल हामीले जुन दुई बुँदे सहमति गर्यौं । त्यसपछि सकेसम्म देशभरका सबै गठीहरुको समस्या समाधान होस् भन्ने हेतुले मन्त्रालयले जुन गृहकार्य गर्दै आएको छ । २०७५ सालमा आएको विधेयक फिर्ता भइसकेपछि पनि हामीले केही सरोकारवाला निकायहरुसँग छलफल गरेका थियौं । मोही किसानहरुको समस्या समाधानको लागि तत्काल कानूनी व्यवस्था गर्नुपर्यो भन्ने जुन निर्देशन भएको छ । यसमा गुठी संस्थानका अध्यक्षज्यु आफैं कानूनको पृष्ठभूमीबाट हुनुहुन्छ । उहाँ संवाद समूहको संयोजक पनि हुनुहुन्छ । मैले के निवेदन गर्न चाहन्छु भने हामी सकेसम्म सबै गुठीहरुको समस्या समाधान गर्नको लागि मौजुदा कानूनमा रहेका समस्याहरुलाई समाधान गर्नको लागि लागि परेका छौं । मौजुदा कानूनले विशेष प्रकृतिको निजी गुठीलाई नदेखेको हुनाले यो समस्या भएको हुनाले यी समग्र गुठीहरुको समस्या समाधान हुने गरी काम भइराखेको छ ।’

गुठी संस्थानका अध्यक्ष डा। शिवराज पण्डितले संविधानले मोहीको हक स्थापित गरको भएपनि मोहीको हक राजगुठीमा मात्र लागू हुने बताउनु भयो । नीजि गुठीमा मोही लागू नहुने उहाँको भनाइ छ । उहाँले सर्वोच्च अदालतका आदेशहरुले गुठी आफैं निजी नहुने भनेपनि मोहीको विषयमा छलफल भइरहेको बताउनु भयो । उहाँले स्वर्गद्वारी गुठीका समस्याहरुलाई संस्थानले गम्भिर रुपमा लिएको उल्लेख गर्दै समस्या समाधान गर्न भूमि मन्त्रालयसँग आवश्यक समन्वय र सहकार्य भइरहेको बताउनु भयो । भूमि व्यवस्थ, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग समन्वयन गरी गुठीका समस्या समाधान गरिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘संविधानले मोहीको हक स्थापित गरेको छ । मोहीको हकको विषय पनि राजगुठीको विषयमा मात्र लागू हुन्छ । यहाँ नीजि गुठीमा मोही लाग्दैन भन्ने नै हो । म कानूनको विद्यार्थी भएको कारण सर्वोच्च अदालतका फैसलाहरुलाई समेत पुनरावलोकन गरिरहेको छु । त्यो आदेशहरुले गुठी चाहीँ आफैंमा निजी हुदैन भन्छ एकातिर । हामीले मोहीको हकको कुरा गरिरहेका छौं । हामीले सर्वोच्चको फैसलालाई कोटली इग्नोर गरेर जाने अवस्था पनि छैन । नजिर पुरानो हुदैन भन्ने नै हुन्छ । यहाँ राम्रो के देखिन्छ भने स्वर्गद्वारी गुठीको आश्रम परिवारले पीडित भनेको कुरा वास्तवमै हो । उहाँहरु आजदेखि होइन पहिलेदेखि नै हो । तर उहाँहरुले उबेलादेखि नै मोहीको रुपमा प्रयोग गर्नुभएको छ । तर त्यहाँ आन्दोलनको कारणले केही ग्यापहरु भएका छन् । भूमि मन्त्रालयले गरेको निर्देशनलाई गुठी संस्थानले एकदमै गम्भिरताका साथ लिएको छ । मन्त्रालयले दिएको जिम्मेरवारी लिएको छ । र मन्त्रालयको समन्वयमा नीजि गुठीमा देखिएका समस्याहरुबारे गम्भिर रुपले सम्बोधन गर्छौं ।’

बैठकमा सांसदहरुले स्वर्गद्वारी गुठी पीडित मोही किसानका समस्या समाधान गर्न सरोकारवाला निकाय गम्भिर भएर लाग्नुपर्ने धारणा राखेका छन् । दाङ देउखुरीका स्वर्गद्वारी गुठी पीडित मोही किसानले काठमाडौंमा आन्दोलन जारी राखेका छन् । ३ हजार ५ परिवार स्वर्गद्वारी गुठीको मोही बसेको दाङमा कुल १ हजार ५० विघा जमिन गुठीअन्तर्गत छ । पीडितहरुसँग भएको मोहीयानी पूर्जा २०६२ चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेजी गरिएको थियो । त्यसपछि अन्यायमा परेको ती परिवारले भन्दै गत वर्ष २०८० फागुन ७ देखि १ महिना लामो आन्दोलन दाङमा आन्दोलन गरेको थियो । सरकारसँग दुई बुँदे सम्झौताभएको एक वर्ष हुनै लाग्दा पनि सम्झौता कार्यान्वयन नगरिएको उनीहरुको गुनासो छ ।