१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि प्रधानमन्त्री शाहले बोलाए उच्चस्तरीय बैठक रसुवामा बाढीपछि पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन गृहको आग्रह रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठी किसानले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाको तर्जुमा गर्न निर्देशन



अ+ अ-

काठमाडौँ । स्वर्गद्वारी गुठी किसानले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाको तर्जुमा गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले यस्तो निर्देशन दिएको हो । गुठी संस्थानको समेत समन्वयमा स्वर्गद्वारी गुठी किसानहरु जग्गाधनी प्रमाण पूर्जा दिन आवश्यक कानूनी व्यवस्था तर्जुमा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति कुसुमदेवी थापाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गुठी पीडितले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाको तर्जुमा, गुठी संस्थान समेतको समन्वयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन गर्ने ।’

समितिले गुठी पीडितका समस्याका विषय तथा कार्य प्रगतिको विवरण समेत १५ दिनभित्र समितिलाई जानकारी गराउन निर्देशन दिइएको छ ।