२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुधार केन्द्रभित्र कुटपिट हुँदा एक युवकको मृत्यु



अ+ अ-

काठमाडौं । बारामा सुधार केन्द्रभित्र कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुनर्स्थापना केन्द्रमा बिहिबार राति कुटपिट हुँदा धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको निधन भएको हो ।

कुटपिटपछि घाइते मण्डललाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लानु साथै चिकित्सकले उनलाई मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।

गत १५ दिनअघि मात्रै सुधार केन्द्रमा भर्ना भएका मण्डलको अन्य व्यक्तिसँग वादविवादको क्रममा कुटपिट भएको बताइएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सरफराज मन्सुरी, निरज सरार्फ, राहुल भनिने महमद आँशु मिया, अरुण सरार्फ, प्रमेश्वर साह, तमन्ना अली र सागर गुप्ता रहेका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान भईरहेको छ ।