२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालकको खोजी गर्न गोताखोर परिचालन



दुर्घटनामा परेको मोटरसाइकल
अ+ अ-

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ दुई किलोमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका चालक खोज्न गोताखोर परिचालन गरिएको छ ।

खोजी कार्यका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमाण्डमा ६ जना गोताखोरसहितको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भएका २७ वर्षीय रोहित राना त्रिशुलीमा खसेर वेपत्ता भएका थिए ।

नागरिकता र परिचपयत्रका अनुसार राना इन्डियन आर्मी रहेको खुल्न आएको छ । मोटरसाइकलमा कति जना सवार थिए भन्ने खुलिनसकेको डीएसपी थापाले बताए ।