१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालकको खोजी गर्न गोताखोर परिचालन

त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालकको खोजी गर्न गोताखोर परिचालन
दुर्घटनामा परेको मोटरसाइकल
अ अ+ अ-

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–५ दुई किलोमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका चालक खोज्न गोताखोर परिचालन गरिएको छ ।

खोजी कार्यका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमाण्डमा ६ जना गोताखोरसहितको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भएका २७ वर्षीय रोहित राना त्रिशुलीमा खसेर वेपत्ता भएका थिए ।

नागरिकता र परिचपयत्रका अनुसार राना इन्डियन आर्मी रहेको खुल्न आएको छ । मोटरसाइकलमा कति जना सवार थिए भन्ने खुलिनसकेको डीएसपी थापाले बताए ।