१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

टनकपुर बाँधमा चाँडै पानी छोड्ने नेपाल–भारतबीच सहमति

टनकपुर बाँधमा चाँडै पानी छोड्ने नेपाल–भारतबीच सहमति
अ अ+ अ-

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी चाँडै पाउने बताउनुभएको छ ।

‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर बिहीवार साँझ स्वदेश फर्किनुभएका उर्जामन्त्री खड्काले भारत भ्रमणका क्रममा टनकपुर बाँधमा चाँडै पानी छोड्ने विषयमा सहमति भएको बतउनुभएको हो ।

उहाँले सिंचाईतर्फ पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेबारेमा अन्तिम टुंगो लगाउने बारे छलफल भएको जानकारी दिनुभयो । उहाँले कोशीको विषयमा पनि केही छलफल भएको बताउनु भयो । दुई देशबीचको सिंचाई ब्यबस्थापनको बैठक हुन नसकेको अबस्थालाई चिर्दै यही २२—२४ फेब्रुवरीमा छलफल गर्ने सहमति भएको बताउनु भयो । दुई देशबीच संयुक्त लगानीमा बनेका ट्रान्समिसन लाइनको विषयमा ५०÷५० प्रतिशत हुँदा निर्णयार्थ गर्नुपर्ने विषयमा दुविधा हुने भएको अवस्थालाई मध्यनजर गरेर नेपालकोतर्फ नेपालको ५१ प्रतिशत र भारतको ४९ प्रतिशत र भारततर्फ भारतको ५१ र नेपालको ४९ प्रतिशत सहमति भएको बताउनुभयो । बंगलादेशतर्फ पनि ट्रान्समिसन लाइन बनाउने कुराको छलफल अघि बढेको मन्त्री खड्काको दाबी छ । अबका वर्षहरुमा कार्बन शुन्य उत्सर्जनको लक्ष्य लिएको र सोहीअनुसार कार्बन ब्यापारको रकम प्राप्त गर्ने बताउनु भयो ।

मन्त्री खड्काले भन्नुभयो, ‘सिंचाईतर्फ हाम्रा ठूला आयोजनाहरु पञ्चेश्वरलाई अगाडि बढाउने छलफल भयो र एक हिसावको सहमति अगाडि बढेको छ । अब चाँडै सम्माननीय प्रधानमन्त्रीहरुको बैठकमा अन्तिम टुंगो लाग्ने हिसावले हाम्रो छलफल भएको छ । कोशीको विषयमा पनि केही छलफल भएका छन् । टनकपुरमा छोड्नुपर्ने अहिलेसम्म सहमति भएको, वर्षअघि नै निर्माण भइसकेको तर पानी नछोडिएको अवस्थालाई चाँडै नै पानी छोड्ने सहमति भएको छ । दुई देशबीचमा सिंचाईतर्फ पनि बैठक हुन नसकेको लामो समय भयो । अब आउने २२—२४ तारिकमा नै मिटिङ हुनेगरीको एक खालको सहमति भएर दुवै देशका मन्त्रीका बीचमा सफलतापूर्वक बैठक सम्पन्न भएको छ । उर्जातर्फ हामी अन्तरदेशीय ट्रान्समिसन लाइनको कामलाई निर्णय गर्नुपर्ने भएको थियो । सचिवस्तरीय निर्णय भइसकेको छ । हामीले २८ हजार ५ सयको जुन लक्ष्य लिएका थियौँ, विदेशमा विक्री गर्नुपर्ने १० हजार मेगावाट र भारत, बंगलदादेशमा पनि ५ हजार भन्दा बढी विक्री गर्नुपर्ने जुन एक खलको हाम्रो योजना छ । मन्त्रीपरिषद्बाट निर्णय भएर मुलुकले जुन योजना अघि सारेको छ ।

त्यसअन्तर्गत हामीले १७ देखि १८ हजार अबका १० वर्षमा भारत हुँदै बंगलादेशसम्म जाने प्रशारण लाइन निर्माण हुनेगरीको निर्णय भएको छ । हामीसँग दुई देशले संयुक्त लगानीमा बनेका ट्रान्समिसन लाइनको विषयमा ५०/५० प्रतिशत हुँदा निर्णयार्थ गर्नुपर्ने विषयमा दुविधा हुने भएको कारणले यसअघि नै मेरो भारत भ्रमण भएको बेलामा मौखिक सहमति भएको थियो । नेपालकोतर्फ नेपालको ५१ प्रतिशत र भारतको ४९ प्रतिशत । भारततर्फ भारतको ५१ र नेपालको ४९ प्रतिशत यसरी सहमति भएको थियो । त्यसलाई सचिवस्तरीय बैठकमा निर्णयार्थ सहमति भएको छ । यो मुलुकका लागि, यस क्षेत्रका लागि उपलब्धिमुलक कुरा हो । सँगै बंगलादेशको उर्जामन्त्रीसँग पनि मेरो बैठक भयो । हामीले जे उद्देश्यका साथ बंगलादेशसँग पनि विद्युत व्यापार गर्ने उद्देश्य छ । त्यसमा पनि अगाडि बढ्ने संकेत मिलेको छ । चाँडै मूर्त रुप लिन्छ । बंगलादेशतर्फ पनि ट्रान्समिसन लाइन बनाउने कुराको छलफल अघि बढेको छ । २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन १० वर्षमा गरिसक्न निजी क्षेत्रहरुलाई सँगै साथमा लिएर काम गर्ने भन्ने उद्देश्य छ, त्यसका लागि पनि चाँडै निजी क्षेत्रका साथीहरु भारतमा गएर छलफल गरेर उहाँहरुले आफ्नो तहबाट पहलकदमी राख्नुहुनेछ । पावर समिटमा जाँदै गर्दा पावरका नयाँ नयाँ प्रविधि प्रयोग गरेर कार्बनलाई न्युनिकरण गर्ने लक्ष्य छ । अबका वर्षहरुमा कार्बन शुन्य उत्सर्जनको लक्ष्य लिएका छौँ । मुलुकले कार्बन ट्रेडका लागि पनि कार्बनको तर्फमा पनि रकम प्राप्त गर्न थालेको छ । यसमा बढी भन्दा बढी प्राप्ति हुनेगरी पहलकदमी गर्ने । निजी क्षेत्रको नयाँ एउटा सम्झौता भएको छ । हाम्रो उपस्थितिमै । उर्जा क्षेत्रमा भारतको राम्रो सहयोगको महशुस भएको छ । उर्जामन्त्री भारतबाट आइसकेपछि सम्माननीय प्रधानमन्त्रीको पनि भिजिट हुने कुरा छ । त्यसपछि सम्माननीय प्रधानमन्त्रकिो पनि भिजिटको मिति तय हुन्छ भन्ने हाम्रो अनुमान छ ।’

मन्त्री खड्काले भारत भ्रमण उपलब्धिमुलक रहेको र दुई देशबीचका सम्बन्ध अझ प्रगाढ भएको बताउनु भयो । उहाँले भारत भ्रमणका क्रममा तीन जना मन्त्रीहरुसँग भेट गरेको र ठूला आयोजना सम्पन्न गर्ने बारेमा छलफल सकारात्मक रहेको जानकारी दिनुभयो । उहाँले भारतीय उर्जामन्त्री मनोहरलाल खट्टर चाँडै नेपाल आउने जानकारी दिनुभयो ।