१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

‘किसानलाई निर्वाहमुखीबाट व्यावसायिकतातर्फ लगिरहेको आरजु राइस मिल’

‘किसानलाई निर्वाहमुखीबाट व्यावसायिकतातर्फ लगिरहेको आरजु राइस मिल’
अ अ+ अ-

काडमाढौँ । नेपाली उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउँदै आएको ‘आरजु राइस मिल’ले किसानलाई व्यवासयिक धानखेती गर्न प्रोत्साहित गर्दै आएको छ ।

मोरङको बेलबारी–९ पोखरियास्थित अत्याधुनिक आरजु राइस मिल (चामल उद्योग) ले पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापाका करिव ४ हजार किसानसँग सहकार्य गर्दै देशभरका उपभोक्ताहरुलाई सुलभ मूल्यमा धान विक्री गर्दै आएको छ । मिलले धान उत्पादक किसानलाई धान भित्र्याउनका लागि आवश्यक उपकरण सहयोग गर्ने र बजारको सुनिश्चितता गरिदिएपछि धानखेतीतर्फ किसानको आकर्षण समेत बढ्दै गएको छ ।

मोरङका किसान दिव्यराज खतिवडाले आरजु राइस मिलसँग जोडिँदा धेरै सुलभता र सहज भएको बताउनु भयो । उहाँले आफू उक्त मिलसँग यान्त्रिकीकरणका लागि जोडिएको भएपनि अहिले उत्पादित धान समेत मिलले नै किन्ने गरेको बताउनु भयो । धान उत्पादनमा सहयोग गर्ने र उत्पादित धानले उचित मूल्य पाएपछि आफूहरुलाई कुनै समस्या नरहेको बताउनु भयो । आरजु राइस मिलले धान खरिदका लागि अग्रिम मूल्य ग्यारेन्टी गर्ने भएकोले आफूहरु ढुक्क भएर धान खेती गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आरजु राइस मिलसँग जोडिएको चाहीँ यान्त्रिकरणकै लागि हो । किनकि खेती गरिन्छ, हार्वेस्टिङ छैन । जनशक्तिको अलि कमि भयो । त्यसकारण पनि जोडिएको हो । पछि उहाँहरुले मिल स्थापना गरिसकेपछि धान खरिद नि गर्न थाल्नुभयो । एउटा समूहगत रुपमा सहकार्य गरेर अहिलेसम्म आइरहेका छौं । उहाँहरुले निःशुल्क रुपमा प्राविधिक सहयोग गर्नुभएको छ । समस्याहरु आयो भनेर भन्यौं भने तुरुन्तै प्राविधिकहरु पठाउने र त्यसको निक्र्यौल गर्ने एउटा भयो । र धान काट्ने हार्वेस्टिङ उहाँहरुले उलब्ध गराउनुभएको थियो । त्यस्तै उहाँले धान खरिदका लागि अग्रिम मूल्य ग्यारेन्टी गर्नुहुन्छ । योभन्दा कम मूल्यमा जाँदैन है । बजार बढ्यो भने बढाइदिने र र नभएपनि निश्चित मूल्य भन्दा कममा जाँदैन भनेपछि हामी ढुक्क भएर खेतिकिसानी गर्दैछौं । हामी दुई रोपनीमा उहाँहरुसँग मिलेर चैते र असारे धान खेती गर्दै आएका छौं । यसमा सबैभन्दा सबल पक्ष भनेको पेमेन्ट नै । अर्को उपकरणहरुको सुलभता नै हो । राम्रो छ ।’

बाहिर बजारमा धान बेचेको पैसा समेत समयमा नआउने भएको कारण आरजु मिलसँग सहकार्य गरेको उहाँको भनाइ छ । अर्को किसान सोमबहादुर पौडेलले धान खेती गर्दा आवश्यक उपकरणहरु पठाइदिने धान खरिद गर्ने भएको कारण धेरै सहज भएको बताउनु भयो । बजारको समेत चिन्ता नहुँदा व्यवसायिक धान खेती गर्दै आएको उहाँले सुनाउनु भयो । उहाँले मिलले प्रत्येक वर्ष नयाँ प्रजातिको धानको बीउ वितरण गर्दा भने रोग लाग्ने र उत्पादन घट्ने चिन्ता रहेको बताउनु भयो । उहाँले किसानलाई राम्रो सुलभता दिएकै कारण यहाँका किसानहरु सामुहिक धान खेती गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म आरजु राइस मिलसँग विगत चार वर्षदेखि जोडिएको हुँ । उहाँहरुले मिल स्थापना गर्नुभन्दा अगाडि नै हार्वेस्टर मेसिनरहरु ल्याउनुभयो । उहाँहरुसँग हामी जोडिनुको मुख्य उद्देश्य के हो भने वर्षे धान लगाउँदाखेरि आवश्यक उपकरणहरु पठाइदिने र धान खरिद गरिदिने गर्नुहुन्छ । केही समस्या नभएको कारण अहिलेसम्म जोडिराखेका छौं । एउटा समस्या चाहीँ के छ भने उहाँहरुले धान चाहीँ नयाँ नयाँ ल्याउनुहुन्छ । यो पटक पनि बोलाउनुभएको थियो गयौं । नयाँ नयाँ धानकै कुरा राखेपछि त्यसो हुँदा उत्पादन कम हुने र रोग लाग्ने भएको कारण सहकार्य गरिएन । आज किसानको बीचमा जुन छलफल राख्नुभयो । त्यसमा हामी खुशी छौं । हामीले मिलसँग नजोडिकन बाहिर पनि धान बेच्न सकिन्छ । तर बाहिर चाहीँ व्यापारिले पैसा देला कि नदेला भन्ने समस्या हुन्छ । त्यहाँ चेक तुरुन्तै पाउँछ किसानले अहिले राम धान लगाउने विषयमा छलफल चलिराखेको छ । अन्य ठाउँभन्दा राम्रो व्यवस्था भयो भने त समूहगत नै अझै धानखेति गर्न सकिन्छ, गरिन्छ ।’

आरजु राइस मिलका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले आरजु राइस मिलले धानको आयात घटाउन सामुदायिक उद्यमशीलताको अभ्यास गरिरहेको बताउनु भयो । उहाँले सामुदायिक उद्यमशीलताको अभ्यास नगरिकन समृद्धिको परिकल्पना गर्न नसकिने समेत बताउनु भयो । उहाँले धानखेतीमा आत्मनिर्भर बन्न र व्यवसायिक धान खेती गर्नको लागि आरजु राइस मिलले सहकार्य किसानसँग सहकार्य गरिरहेको बताउनु भयो । उहाँले अन्य किसानहरुलाई समेत आरजु राइस मिलसँग सहकार्य गर्न आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आरजु राइस मिलले सामुदायिक उद्यमशीलताको अभ्यास गरिरहेको छ । सामुदायिक उद्यमशीलताको अभ्यास नगरिकन समृद्धिको परिकल्पना नै गर्न सकिँदैन । नत्र मल्टि इन्टरनेसनलहरु आएर सबै खाएर सक्छन् यहाँ । त्यसकारण हामी आफ्नो खुट्टामा उभिनको लागि भनेर विज्ञहरु सामुदायिक उद्यमशीलता भनेर व्यख्या गरिराखेको छ । सामुदायिक उद्यमशीलताको कन्टेक्समा अब हामी अगाडि बढ्नुप¥यो । अब राइस मिलललाई सहकार्य गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई । मैले यो सबै गर्नुको उद्देश्य अबको हाम्रो पुस्ता पलायन नहोस् भन्ने मात्रै हो । नत्र भने मलाई यहाँनिर आएर यसरी भिड्नुपर्ने जरुरत नै छैन । अगामि पुस्ताको लागि गर्न खोजिरहेका छौं ।’

उहाँले किसानलाई निर्बाहमुखीबाट व्यावसायिकतातर्फ लैजाने उद्देश्यले कम्पनीले आफ्नै धानखेती र मिलमार्फत विभिन्न बास्नादार चामल उत्पादन गरिरहेको बताउनु भयो । ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरिएको आरजु राइस मिलले मोरङ, सुनसरी र झापामा गरी चार हजारभन्दा बढी किसानको सहकार्यमा विभिन्न जातका धान उत्पादन गर्दै आएको जनाएको छ । किसानका लागि रोपाईंभन्दा अगाडि नै मिलले धानको न्युनतम समर्थन मूल्य तोक्ने गरेको र किसानले धान मिलमा ल्याएको दुई दिनभित्रै अनलाइन बैंकिङ माध्यमबाट भुक्तानी दिने व्यवस्था गरेको छ ।