२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालविवाह अन्त्य गर्न अभियान नै चलाउनु पर्छ: मुख्यमन्त्री कार्की



फाइल फोटो
अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह अन्त्य गर्न अभियान नै चलाउनुपर्ने बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज बालविवाहविरुद्ध प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै मुख्यमन्त्री कार्कीले बालविवाहबाट उनीहरुको मानसिक एवं शारीरिक स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यसको अन्त्य गर्न सबै जिम्मेवारपूर्वक लाग्नुपर्ने बताए। बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएको उनको भनाइ थियो।

‘प्रदेश सरकार बालविवाह अन्त्य गर्न नीति तथा कानुनी प्रबन्ध गरी अगाडि बढेको छ’, मुख्यमन्त्री कार्कीले भने। उनले प्रदेशमा बालविवाह अन्त्य गर्न पहल गरिए पनि दुर्गम भेगमा यो समस्या विद्यमान रहेकाले त्यसतर्फ चनाखो भएर लाग्नुपर्ने आवश्यक्ता औँल्याए।

सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ। बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएकाले हरतरहले बालविवाह समाप्त गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ। हस्ताक्षर कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मुख्य सचिव, सचिवहरु, सामाजिक अभियन्ता, बालबालिकालगायतको उपस्थिति थियो।