४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday

12.27°C

काठमाडौं

12.27°C

Kathmandu

Feels-like: 11.17

Wind: 1.03

Humidity: 62

Latest
पाँचौ एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न: ३२ विधामा अवार्ड प्रदान एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान ५२ लाख पुरस्कारको १७औं धर्मश्रीको तयारी पूरा क्षितिज र नीता यलम्बर ब्याडमिन्टन च्याम्पियन चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट आगामी बजेटमा करका दर भन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ: सभापति देउवा अफगानिस्तानमा जुनसम्ममा ८० प्रतिशत सेवाहरू बन्द हुने डब्लुएचओको चेतावनी बाइडेनले आफ्ना विपक्षीलाई दिएको माफी रद्द गर्ने ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताइवानको फुड कोर्टमा ग्यास विस्फोटः ४ जनाको मृत्यु, २६ जना घाइते



In this photo taken and released by Taichung Fire Bureau, first responders survey the damage in the aftermath of an explosion at the Shin Kong Mitsukoshi department store in Taichung city in Taiwan on Thursday, Feb. 13, 2025. (Taichung Fire Bureau via AP)
अ+ अ-

एजेन्सी । ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा बिहीबार भएको ग्यास विस्फोटमा चार जनाको मृत्यु भएको र २६ जना घाइते भएको अग्नि नियन्त्रण अधिकारीहरूले बताएका छन् ।

ताइचुङ सहरको सिन कङ मित्सुकोसी डिपार्टमेन्ट स्टोरको १२औँ तलाको फुड कोर्टमा विस्फोट भएको ताइचुङ फायर ब्युरोले जनाएको छ ।

मृतकहरूमध्ये दुई जना मकाउबाट आएका पर्यटक रहेको मकाउको पर्यटन कार्यालयले बिहीबार पुष्टि गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरू पर्यटनका लागि आएका सात जनाको परिवारका सदस्य थिए । अन्य पाँच जना घाइते भएका छन् र हाल ताइचुङका स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

स्थानीय समयानुसार बिहान करिब ११ः३० बजे घटनास्थलमा दर्जनौँ दमकलकर्मीहरू परिचालित गरिएका थिए । भवनको बाहिरी भाग क्षतिग्रस्त भएको र छरिएका टुक्राहरू सडकमा छरिएका थिए ।

ताइचुङकी मेयर लु शिओ–येनले घटनास्थलमा पत्रकारहरूलाई उहाँले नजिकैको आफ्नो कार्यालयमा धक्का महसुस गरेको बताउनुभयो । उहाँका अनुसार फायर ब्युरोले पहिले उद्धार कार्यमा ध्यान केन्द्रित गर्नेछ तर अनुसन्धान पनि जारी छ । अधिकारीहरूले अन्य खतराका स्रोतहरू छन् कि छैनन् भनेर जाँच गरिरहेका छन् ।

ताइवानका राष्ट्रपति लाई चिङ–तेले दुर्घटनाको कारण अनुसन्धान गर्न सम्बन्धित सबै सरकारी निकायहरूलाई निर्देशन दिएको बताउनुभयो ।