१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

ताइवानको फुड कोर्टमा ग्यास विस्फोटः ४ जनाको मृत्यु, २६ जना घाइते

ताइवानको फुड कोर्टमा ग्यास विस्फोटः ४ जनाको मृत्यु, २६ जना घाइते
In this photo taken and released by Taichung Fire Bureau, first responders survey the damage in the aftermath of an explosion at the Shin Kong Mitsukoshi department store in Taichung city in Taiwan on Thursday, Feb. 13, 2025. (Taichung Fire Bureau via AP)
अ अ+ अ-

एजेन्सी । ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा बिहीबार भएको ग्यास विस्फोटमा चार जनाको मृत्यु भएको र २६ जना घाइते भएको अग्नि नियन्त्रण अधिकारीहरूले बताएका छन् ।

ताइचुङ सहरको सिन कङ मित्सुकोसी डिपार्टमेन्ट स्टोरको १२औँ तलाको फुड कोर्टमा विस्फोट भएको ताइचुङ फायर ब्युरोले जनाएको छ ।

मृतकहरूमध्ये दुई जना मकाउबाट आएका पर्यटक रहेको मकाउको पर्यटन कार्यालयले बिहीबार पुष्टि गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरू पर्यटनका लागि आएका सात जनाको परिवारका सदस्य थिए । अन्य पाँच जना घाइते भएका छन् र हाल ताइचुङका स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

स्थानीय समयानुसार बिहान करिब ११ः३० बजे घटनास्थलमा दर्जनौँ दमकलकर्मीहरू परिचालित गरिएका थिए । भवनको बाहिरी भाग क्षतिग्रस्त भएको र छरिएका टुक्राहरू सडकमा छरिएका थिए ।

ताइचुङकी मेयर लु शिओ–येनले घटनास्थलमा पत्रकारहरूलाई उहाँले नजिकैको आफ्नो कार्यालयमा धक्का महसुस गरेको बताउनुभयो । उहाँका अनुसार फायर ब्युरोले पहिले उद्धार कार्यमा ध्यान केन्द्रित गर्नेछ तर अनुसन्धान पनि जारी छ । अधिकारीहरूले अन्य खतराका स्रोतहरू छन् कि छैनन् भनेर जाँच गरिरहेका छन् ।

ताइवानका राष्ट्रपति लाई चिङ–तेले दुर्घटनाको कारण अनुसन्धान गर्न सम्बन्धित सबै सरकारी निकायहरूलाई निर्देशन दिएको बताउनुभयो ।