१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह राहत–उद्धारका हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर परिचालन विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समितिद्वारा प्राप्त उजुरीको अध्ययन गर्न उपसमिति गठन



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समितिमा परेका उजुरीहरुबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरी खतिवडाले समितिमा प्राप्त उजुरीहरुको अध्ययन गर्न नेकपा ९एकीकृत समाजवादी०का सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार उपसमितिमा पाण्डेसँगै राष्ट्रिय स्वतन्त्र वार्टीबाट डा।चन्दा कार्की, नेकपा (माओवादी केन्द्र)बाट दुर्गा राई, नेकपा (एमाले)बाट मेनुकाकुमारी पोख्रेल र नेपाली काँग्रेसबाट सरिता राई सदस्य रहनुभएको छ ।

उपसमितिले समितिमा प्राप्त उजुरीहरुको आवश्यक छानबिन गरी समितिमा प्रतिवेदन बुझाउने र समितिले थप कारबाही प्रक्रिया अगाडि बढाउने सभापति खतिवडाको भनाइ छ ।