९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

मकुना हात्ती मृत्यु प्रकरणः कार्यदलले स्थलगत काम सक्यो

मकुना हात्ती मृत्यु प्रकरणः कार्यदलले स्थलगत काम सक्यो
फाईल फोटो
अ अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा जङ्गली हात्ती मकुनाको मृत्यु प्रकरणसम्बन्धी छानबिन गर्न बनेको कार्यदलले स्थलगत अध्ययन सकेको छ ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलको संयोजकत्वमा बनेको कार्यदलले तीन दिनदेखि थालेको स्थलगत अध्ययन सकेर बुधबार उक्त टोली काठमाडौँ फर्किएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार कार्यदलले चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना र सरोकार भएकासँगको छलफल गर्नुका साथै घटनास्थलको स्थलगत निरीक्षण एवं अनुगमन गरी पर्किएको हो । उहाँले भन्नुभयो, “कार्यदलको टोलीले आफ्नो काम सकेर हिजो काठमाडौँ फर्किएको छ ।”

पौडेलको संयोजकत्वमा बनेको पाँच सदस्यीय कार्यदलले गत माघ २७ गतेदेखि काम सुरु गरेको थियो । उहाँहरूले सौराहाका निजी हात्ती सञ्चालक, युनाइटेड हात्ती सहकारी संस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधिसँग छलफल गर्नुभयो ।

छलफलका क्रममा सरोकार भएकाले कार्यादललाई निजी हात्ती एकीकृत गरी दिगो रूपमा व्यवस्थापन गर्न सहजीकरण गरिदिन आग्रह गरेका छन् । हात्ती पालकहरूले राज्यले निश्चित ठाउँ तोकिदिए व्यवस्थापनमा सहजीकरण गर्न आफूहरू तयार रहेको उल्लेख गर्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको लामिताल क्षेत्रमा यही माघ २३ गते मकुनालाई गोली हानी मारिएको विषयमा मन्त्रालयले बनाएको कार्यदलको सदस्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुगमन तथा मुल्याङ्कन अधिकृत पुरुषोत्तम शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावत, वन तथा भूसंरक्षण विभागका वन अधिकृत सबनम पाठक, चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा दिनेश शाहलगायत टोलीले स्थलगत अध्ययन तथा अवलोकन गरेको निकुञ्जका सूचना अधिकारी थापा मगरले जानकारी दिनुभयो ।

मन्त्रालयले घटनास्थलमा आबद्ध तथा सम्बद्ध सरोकार भएका व्यक्ति, सङ्घसंस्था, समूह, निकाय तथा आवश्यकता अनुसार सुरक्षा निकाय, स्थानीय पालिका र स्थानीय प्रशासनसँग छलफल गर्ने, घटनाको विस्तृत विवरण तथा कारण पहिचान गर्ने, आगामी दिनमा यस्ता घटना हुन नदिन सुरक्षा सावधानीलगायत विषय प्रतिवेदनमा समावेश गरी सुझाव दिन सात दिनको कार्यादेशसहित कार्यदल गठन गरेको थियो । कार्यदल गठनसँगै घटनाका बारेमा अध्ययन थालिएको मगरले जानकारी दिनुभयो । र