• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’ ★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

नेपालको भौगोलिक अखण्डताको सम्मान गर्न माओवादीको आग्रह



काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले भारतलाई नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेको छ । माओवादी केन्द्रका नेता एवम् अन्तरराष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आज एक विज्ञप्तिमार्फत हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक बिस्तार गर्ने घोषणा गरेको भन्दै त्यसको विरोध गर्नुभएको हो ।
 
माओवादीले भारतलाई पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न पनि आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, “हामी भारतीय पक्षलाई सबैको र नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवम् अतिक्रमण नगर्न जोडदार माग गर्दछौँ ।” त्यसबारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै नेता श्रेष्ठले भन्नुभएको छ, “नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणको बिरोध जनाओस् र यो कार्य बन्द गराउन शिघ्रातिशिघ्र कूटनैतिक पहल गरोस् ।”