१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलाले बगाएर एक बेपत्ता



अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ मा माछा मार्न गएका युवा खोलाले बगाएर बेपत्ता भएका छन् । सङ्खुवा खोलाले बगाउँदा सिलिचोङ–२ दाङखिदाका ३० वर्षीय सुवास कुलुङ बेपत्ता भएको प्रहरीले जनाएको छ । 

घर नजिकै रहेको सङ्खुवा खोलामा माछा मार्न गएका ३० वर्षीय कुलुङलाई आइतबार बिहान ९ः३० बजे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राईले जानकारी दिनुुभयो । बेपत्ता भएका कुलुङको खोजी कार्य जारी रहेको सिलिचोङ गाउँपालिका–२ का वडाध्यक्ष मोहनशमशेर कुलुले बताउनुभयो । खराब मौसमका कारण खोजी कार्यका समस्या भएको र सोमबार पनि खोजी कार्य जारी रहने बताइएको छ ।