६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.52

Wind: 1.03

Humidity: 83

तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारीको बैठक आज बस्दै



अ+ अ-

काठमाडौं। सत्ता साझेदार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि तय गरिएको छ । भ्रातृ संस्थाको महाधिवेशन गराउन सभापति शेरबहादुर देउवासहित पदाधिकारी बैठक बस्न लागेको हो।

पदाधिकारीहरू, भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ।

पार्टीले चैत मसान्तभित्र सबै भ्रातृ संस्थाको महाधिवेशन गराउन निर्देशन दिएको छ । कांग्रेसका १३ भातृ संस्थामा निर्वाचित समिति दुई वटा संस्थामा मात्रै छ ।